दोस्रो टेष्टको पूर्बसन्ध्यामा भारतको चिन्ता थपियो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्विर-गेट्टी इमेजेज

ग्ल्याण्ड बिरुद्धको दोस्रो टेष्ट खेलको पूर्बसन्ध्यामा खेलाडी चयनलाई लिएर भारतीय क्रिकेट ब्यवस्थापन चिन्तित भएको छ । तीब्र गतिका बलर श्रद्धुल ठाकुर घाइते हुनुभएको छ । भारतले बिहीबारदेखि इंग्ल्याण्ड बिरुद्धको दोस्रो टेष्ट खेल खेल्नेछ ।
सोमबार अभ्यासका लागि लर्ड्स आउनुभएका श्रद्धुलले पहिलो टेष्ट खेलको दोस्रो पारीमा मात्र १३ ओभर बलिङ गर्नुभएको थियो । मैदानमा खासै समस्या नदेखिएपनि उहाँ खेल्न नसक्ने अवस्थामा रहेको बताइएको छ । पहिलो टेष्ट खेलमा उहाँले दुबै पारीमा दुई दुई गरी चार विकेट लिनुभएको थियो ।
श्रद्धुलको स्थानमा भारतले अर्का स्पिनर रबिचन्द्रन आश्विनलाई खेलाउने वा तीब्र गतिका बलर इशान्त शर्मा र उमेश यादबमध्ये एकजनालाई स्थान दिने सम्बन्धमा अन्यौलमा देखिएको इएसपीएनले उल्लेख गरेको छ ।

© 2022 All Right Reserved DiasporaNepal