बेलायतबाट दर्जनौ नेपाली विद्यार्थीहरु डिपोर्टेसन (प्रमाणसहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


लण्डन । बेलायतको म्यान्चेस्टर एयरपोर्टबाट नेपाली विद्यार्थीहरुलाई डिपोर्टेसन गरि नेपाल नै फिर्ता पठाइएको छ । बेलायत अध्यागमन विभागले यहाँ विश्वविद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई अध्ययनको बिषयमा सामान्य पनि जानकारी नभएको भन्दै स्वदेश फिर्ता पठाएको हो । पछिल्लो पटक बेलायतले विद्यार्थी भिजामा खुकुलो बनाएपछि आगामी सन् २०२६ सम्म विजनेस मेनेजमेन्ट बिषयमा भिजा लिएर आएका नेपाली विद्यार्थीहरु डिपोर्टेसन परेका हुन् ।
कति संख्यामा विद्यार्थीहरु बेलायतबाट नेपाल फर्किए भन्ने बारेमा यकिन तथ्यांक कुनै पनि निकायबाट पाउन सकिएको छैन । म्यान्चेस्टरको टर्मिनल २ बाट उनीहरुलाई फिर्ता पठाइएको थियो । युनिभर्सिटी अफ सेन्टर ल्यान्काशायर (युक्लान)मा आएका दर्जनौ नेपाली विद्यार्थीहरुसहित भारतीय, बंगलादेशी, पाकिस्तानी र श्रीलंकन डिपोर्टेसनमा परेको बताइन्छ । उच्च शिक्षाको लागि बेलायत आएका विद्यार्थीहरु एयरपोर्टबाटै फर्किनु परेको पुष्टी भैसकेको छ । यसै साता डिपोर्टेसनमा परि नेपाल फर्किएका विद्यार्थीहरुले सार्वजनिक रुपमा केही प्रतिक्रिया दिएका छैनन् ।

डायस्पोरानेपाललाई प्राप्त पत्रमा उनीहरुको भिसा रद्द गर्नु पर्ने कारण खुलाउदै अध्यागमनका कर्मचारीले नेपाल नै फिर्ता पठाइदिएका छन । भिजा रद्द गर्नु पर्ने कारण खुलाउदै विद्यार्थीहरुलाई दिएको पत्रमा अंग्रेजीमा जवाफ फर्काउन नसकेको, आफुले अध्ययन गर्ने पाठ्यक्रमका बारेमा सामान्य जानकारी समेत नभएको, विश्वविद्यालयलाई तिर्न सक्ने प्रयाप्त रकम बैकमा नदेखिएकोलगायतका छन ।

बेलायतको एयरपोर्टबाटै डिपोर्टेसनमा परेका विद्यार्थीहरुले समेत मुख खोलेका छैनन् । कुन-कुन कन्सल्टेन्सीबाट कुन-कुन विश्वविद्यालयमा आउदा यस्तो घटना भएको बारेमा बोल्न विद्यार्थीहरु समेत लाज मानिरहेको देखिन्छ ।
बेलायत उच्च शिक्षाका लागि आउने विद्यार्थीहरुलाई यहाँको बस्तुस्थितिका बारेमा जानकारी गराउने, तालिम दिने र भर्ना प्रक्रियामा सहजीकरण नगराएको कारण यस्तो अप्रिय घटना भएको बताइन्छ । विद्यार्थीहरु बेलायतबाट नेपाल फर्किएको बारेमा युनि ल्याडरका निर्देशक गणेश खड्काले र एम्पल कन्सल्टेन्सीका प्रमोद अधिकारीले सामाजिक संजाल र युटुवमा विद्यार्थीहरुका उच्च शिक्षा अध्ययनमा आउँदा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी मुलुक सामग्री शेयर गरेका छन । दुवै जनाले कन्सल्टेन्सीहरु भन्दा पनि विद्यार्थीहरुलाई नै एकतर्फी दोष दिन खोजिएको भिडियोमा देखिन्छ ।
बेलायतबाट डिपोर्ट हुनेमा युनि ल्याडर र एम्पलले भिजा आवेदन प्रक्रिया गरेको विद्यार्थीहरु परे वा नपरेको बारेमा खड्का र अधिकारीले केही नबताई मौन बसेका छन ।
धेरै कमिसनका लोभमा कन्सल्टेन्सीहरुले सामान्य जागिर समेत नपाइने ठाउँ युक्लानमा (कन्ट्री साइडमा) विद्यार्थी ल्याएर अलपत्र पार्दै आएका छन । ‘काम गरेपछि वैधानिक रुपमा आउने रकम लिनु स्वभाविक हो । तर कमिसनको लोभमा जस्ता पायो त्यस्तै विश्वविद्यालयमा नेपाली भाइवहिनीलाई ल्याउँदा सबैको बदनाम भएको छ,’ एक जना विद्यार्थीले दुखेसो पोखे ।
करीव ४ हजार विद्यार्थीको भिजा लगाएको दावी गर्ने एम्पलका निर्देशक अधिकारी सँग बुझ्न खोज्दा युटुवमा सेयर गरेको भिडियोको लिंक पठाएका छन । लामो समयदेखि कन्सल्टेन्सी व्यवसाय गरेका अधिकारीले यस्ता गतिविधि कहाँबाट र कुन कन्टल्सेन्सीबाट भएको बारेमा अहिले सम्म केही बताएका छैनन् । झण्डै दुई दर्जन नेपालीहरुले कन्सल्टेन्सी व्यवसायबाट आफ्नो जीवन निर्वाह गरिरहेका छन् ।

बेलायत आउने विद्यार्थीहरु मध्ये कतिपयले अंग्रेजी परीक्षा र अन्तरवार्ता नदिइ आउदा यस्तो समस्या आएको बताइन्छ । विश्वविद्यालयको मापदण्ड अनुसारको अंग्रेजी परिक्षा नदिइकन बेलायत आउने विद्यार्थीहरुमा उक्त घटनाको मारमा परेका छन । अधिकांश कन्सल्टेन्सीहरुले विद्यार्थीहरुका सबै काम आफैले गर्दा स्वयं धेरै कुरामा अनविज्ञ रहेका छन । जसका कारण यस्ता घटना दोहोरिन सक्छन् ।
यसैबिच स्वदेश फर्काएको बिषयमा बेलायतस्थित नेपाली राजदुतावास सँग सम्पर्क गर्दा कोही पनि विद्यार्थीहरु सम्पर्कमा नआएको जनायो । ”बेलायत सरकारले अहिले सम्म कुनै विद्यार्थीलाई डिटेन्सनमा राखेको बारेमा जानकारी आएको छैन, यदि विद्यार्थीहरुले सम्पर्क राखे कुटनीतिक माध्यमबाट सहयोग गर्न दुतावास तयार रहेको छ,” दुतावास स्रोतले भन्यो ।

blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us