ब्रिटेनमा नयाँ अभ्यास : हप्तामा ३ दिन बिदा, ४ दिन काम !

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
Photo: Sparkglobal

ब्रिटेनमा नयाँ अभ्यास शुरू गरिएको छ, जसमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा र ४ दिन काममा लगाइने भएको छ ।

मेट्रो यूकेमा प्रकाशित समाचारअनुसार परीक्षणको रूपमा ब्रिटेनका केही कम्पनीमा यो अभ्यास लागू गरिँदैछ । शुरूआतमा ३० कम्पनीले कर्मचारीलाई हप्तामा ४ दिन मात्रै काममा लगाउने अभ्यासको शुरूआत गरेका छन् ।

कर्मचारीलाई खुशीको कुरा के छ भने हप्तामा ४ दिन मात्रै काम गर्नुपर्दा पनि तलब काटिने छैन । यसको परीक्षण अमेरिका, आयरल्यान्ड, क्यानडा, अस्ट्रेलिया र न्युजील्यान्डमा पनि हुने जनाइएको छ । स्पेन र स्कटल्यान्डको सरकारले यसलाई शुरू गरिसकेका छन् ।

हप्तामा ४ दिन मात्रै काम गराउँदा कर्मचारीको कार्यक्षमता बढ्ने विश्वास गरिएको छ । यसमा क्यानन, माइक्रोसफ्ट जस्ता चर्चित कम्पनी समेत सहभागी रहेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us