एनआरएनए विवादका बिषयमा छलफल गर्न जनवरी १५ मा आइसीसी बैठक

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । निर्धारित मितिमा १० औ महाधिवेशन गर्न नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ८१ औं बैठक जनवरी १५ मा बस्ने भएको छ । संघका महासचिव डा हेमराज शर्माले इमेल मार्फत आगामी जनवरी १५ मा बैठक बोलाइएका हुन् । नेपाली समयअनुसार दिउँसो दुई बजे बस्ने गरि डाकिएको बैठकमा अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यहरुलाई बोलाइएको छ।

बैठकमा पटक पटक निर्वाचन मिति तोकिएर स्थगित गरिएको दशौं महाधिवेशन र संघको निर्वाचनलगायतका प्रमुख एजेण्डा छलफल हुने बताइन्छ ।

संघको महाधिवेशनमा प्रतिनिधि छनौटको बिषयमा लामो समय विवाद हुँदा महाधिवेशन र निर्वाचन रोकिएको छ । तर संघको आगामी भविष्यका लागि महत्वपुर्ण मानिएको उक्त बैठकले महाधिवेशन र निर्वाचनका बारेमा ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।

महाधिवेशन प्रतिनिधि विवाद सुल्झाउन अध्यक्षका प्रत्यासीहरु डा. बद्री केसी, रविना थापा र कुल आचार्य बिच अनौपचारिक बैठकहरु भैरहेका छन । यद्यपी सहमतिमा पुग्न सकेका छैनन् ।

संघका अध्यक्ष कुमार पन्तद्धारा विवाद मिलाउन गठित उच्चस्तरीय समितिले संघको विवाद अन्त्यका लागि विभिन्न खाका प्रस्तुत गरेर अध्यक्ष कुमार पन्त र पुर्वअध्यक्षहरु समक्ष पेश गरेको बताइन्छ । उच्चस्तरीय समितिमा सचिव गौरी जोशी, प्रवक्ता डिबि क्षेत्री, संघका सल्लाहकार विश्वआर्दश पण्डित र एनआरएनए अमेरिकाका सल्लाहकार डा. यादव पण्डित छन ।

© 2022 All Right Reserved DiasporaNepal