नयाँ बर्ष २०२२ : बेलायतमा आधा दर्जन शुभकामनाका कार्यक्रम आज
लण्डन । बेलायतमा विभिन्न नेपाली संघसंस्थाहरुले नयाँ वर्ष सन् २०२२ सुरु अबसरमा एक दर्जन भन्दा बढी संघसंस्थाहरुले शुभकामना कार्यक्रम राखेका छन । बेलायतस्थित नेपाली समुदायलाई केन्द्रित गरि झण्डै एक दर्जन संघ संस्थाहले शुभकामनासहित मनोरन्जन र दौड प्रतियोगिता राखि कार्यक्रम गर्न लागेका हुन् ।
अंग्रेजी नयाँ बर्षका अवसरमार प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटिले एमाले अध्यक्ष केपी ओलीबाट प्रवासी नेपालीलाई शुभकामना सन्देश दिने कार्यक्रम राखेको छ । नेपाली समय अनुसार दिउँसो ५ बजे अध्यक्ष ओलीले भर्चुअल रुपमा प्रवासी नेपालीसँग नयाँ बर्षको शुभकामना आदान प्रदान गर्नेछन । त्यस्तै, गैरआवासीय नेपाली संघ युके, राज्य समन्वय परिषद् इंग्ल्याण्डले भर्चुअल रुपमा रनफेस्टको उद्घाटन विहान ११ बजे राखिएको सहसचिव अन्जु कुवँरले बताइन् ।
नयाँ बर्षकै अवसरमा प्रो एलिट क्लबले राष्ट्रिय कलाकारलाई भर्चुअल रुपमा जम्मा गरेर मनोरन्जनात्मक कार्यक्रम गरेको थियो । शुक्रबार ३१ डिसेम्बरमा न्यु इएर इभको नाममा उक्त कार्यक्रम भएको सामाजिक अभियन्ता सुमन प्रधानले बताए ।
एनआरएनएका अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले राष्ट्रिय कलाकार भुर्चअल रुपमै जम्मा गरेर शुक्रबार दिउँसो शुभकामना आदान प्रदान गरे । नयाँ बर्षमा एनआरएनएले संस्था भित्रबाटै विवाद सुल्झाउने अपेक्षा उनले लिएका थिए । एनआरएनए पदका अर्का प्रत्यासी कुल आचार्यले शनिवार दिउँसो नयाँ बर्षकै अवसरमा शुभकामना कार्यक्रम राखेका छन । नेपाली समय अनुसार दिउँसो १ बजे राखिएको खुला डबली मार्फत उनले शुभकामना दिन लागेको आचार्यले जानकारी दिए । “नेपाल रन”ले पनि नयाँ बर्षकै अवसरमा कार्यक्रम गर्ने जनाएको छ ।
यसबाहेक विभिन्न संघ संस्थाहरुले नयाँ बर्षको शुभकामना राखेका छन । नयाँ बर्षमा नयाँ र राम्रा कामहरुको सुरुवात गर्न शुभकामना दिने उद्देश्यले यस्ता कार्यक्रम तय गरिएका हुन् । कोरोना भाइरस संक्रमण तीब्र रुपमामा फैलिएपछि अधिकांश कार्यक्रम भर्चुअल रुपमा हुनेछन ।
नयाँ बर्षको प्रचलन
यसैविच, पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष सुरु भएको हो ।