अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा संरक्षक र सल्लाहकार समिति गठन
लण्डन । अन्तर्राष्ट्रिय धादिङ समाजले ७ सदस्यीय संरक्षक समिति गठन गरेको छ । समाजले संरक्षक समिति सगै २५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। अन्तर्राष्ट्रिय धादिङ समाजले डायस्पोरामा नेपाली समुदायमा योगदान गरिरहेका मध्येबाट संरक्षक र सल्लाहकार मनोनित गरि समिति गठन गरेको हो ।
समाजको संरक्षकहरुमा निवर्तमान अध्यक्ष नानु काजी अर्याल, प्रो. डा. पदम सिमखडा, प्रो. डा. अर्जुन अर्याल, एनआरएनए सहकोषाध्यक्ष लोकप्रसाद दाहाल, एनआरएनए अभियन्ता रामशरण सिमखडा, एनआरएनए अभियन्ता आर के त्रिपाठी र अर्जुन धरेल लाई मनोनित गरेको छ।
त्यसैगरी समाजले २५ सदस्यीय सल्लाहकार समितिमा मनोज गोर्खाली, उल्का घिमिरे ,भुवन गुरुङ, प्रकाश धमला, कृष्णप्रसाद तिमल्सेना, डा. प्रताप छत्कुली, किरण अधिकारी, डा. कमल अर्याल, बिराज भट्ट, निराजन गौली, भवानी तिवारी, कृष्ण खनाल, चिज कुमार तामाङ, बालकृष्ण श्रेष्ठ, प्रमोद भट्ट, तेज अर्याल, रबिन अधिकारी, कृष्ण न्यौपाने, केशब अधिकारी, आरबि घले, दिवाकर पाण्डे, सुजन अधिकारी, सीता अर्याल, नरबहादुर घले र मनोज थापा लाई मनोनित गरेको छ।
कार्यसमितिको यस अघिको बैठकले संरक्षक समिति तथा सल्लाहकार समिति मनोनित प्रक्रियामा संस्थाका अध्यक्ष राजन खकुरल र महासचिव राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिएको थियो।