चर्चित मोडल पुनम पाण्डे पतिबाट अलग

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
Photo: webtvkhabar

मुम्बई । बलिउड अभिनेत्री एवं मोडल पुनम पाण्डे पति सेम बाम्बेबाट अलग भएकी छन् । वैवाहिक सम्बन्ध सोचे जस्तो नभएपछि उनले पति सेमलाई छाडेकी हुन् ।

पुनमले आगामी केही वर्षसम्म कोहीसँग पनि डेट नगर्ने खुलाएकी छन् । यद्यपि आफ्नो हुनेवाला दुलाहा कस्तो हुनुपर्छ भनेर उनले सर्त राखेकी छन् ।

‘म अहिले जुन पीडाबाट गुज्रिरहेको छु, त्यसबाट विस्तारै माथि उठ्दैछु । म पहिलेजस्तै सेक्सी देखिने प्रयासमा छु’, उनले भनेकी छन् । उनले एकल जीवन आनन्ददायक रहेकाले आगामी पाँच वर्षसम्म एकल जीवन बिताउने उल्लेख गरेकी छन् ।

उनले तनाव कम गर्न थेरापिस्टसँग नियमित सम्पर्कमा रहेकाले विस्तारै ठीक हुँदै गएको जनाएकी छन् । अभिनेत्री कैटरिना कैफबाट प्रभावित पुनमले अभिनेता बिक्की कौशल जस्तो दुलाहा मिलेमा विवाह गर्ने बताएकी छन् ।

सेमसँग विवाह गरेपछि पुनमले सेममाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । यो मामिलामा प्रहरीले सेमलाई पक्राउसमेत गरेको थियो । प्रहरीका अनुसार सेमले पुनममाथि कुटपिट गरेपछि उनको शरीरमा चोटपटक देखिएको थियो । जसकारण उनी अस्पतालमा भर्ना नै भएकी थिइन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us