बलिउड सिनेमा ‘८३’को टिकट एक मिनेटमै १५ हजार वटा बिक्यो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
Photo: www.hindian.net

काठमाडौं । बलिउड सिनेमा ‘८३’ को टिकट एक मिनेटमै १५ हजार वटा बिक्री भएको छ । यो सिनेमामा सन् १९८३ मा भारतीय क्रिकेट टिमले विश्वकप जितेको विषयलाई बोकेको छ । सिनेमामा रणवीर सिंह, दीपिका पादुकोण, एमी विर्क, हार्डी संधु, पंकज त्रिपाठी, जतिन सरनाजस्ता कलाकारले अभिनय गरेका छन् । फिल्मका निर्देशक कवीर खान हुन् ।

कोरोना महामारीपछिको पहिलो डिसेम्बर महिना भारतीय सिने क्षेत्रका लागि विशेष उपहार लिएर आएको छ । यो महिना ‘पुष्पा’, ‘स्पाइडरमेन’ जस्ता फिल्म प्रदर्शन भएका छन् भने ‘८३’ र ‘जर्सी’ रिलिजको तयारीमा छन् ।

अधिकांश फिल्ममा दर्शकको क्रेज जबरदस्त छ । हालै रिलिज फिल्म ‘पुष्पा’ र ‘स्पाइडरमेन’ले बक्स अफिसमा हरियो झण्डा गाडिसकेको छ । त्यहीकारण निर्माताहरूलाई फिल्म ‘८३’प्रति ठूलो आशा छ । यो सिनेमाको लागि एड्भान्स बुकिङ सुरू भइसकेको छ । बुकिङ अनुपात आफैमा उत्साहजनक देखिएको छ ।

आइतबारबाट फिल्मको एड्भान्स बुकिङ खुलेको हो । एड्भान्स बुकिङको ट्रेण्ड हेर्दा फिल्मले बुकबाट नै करिब १० करोड अधिक कमाउने विश्लेषकहरूको अनुमान छ । फिल्म क्रिसमसको अघिल्लो दिन रिलिज हुँदैछ । त्यहीकारण फिल्म रिलिजको दिन पनि टिकटको बिक्रीदर उच्च हुने व्यापार विश्लेषकहरूको बुझाइ छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us