प्रस्ताबित नेपाली राजदुत आचार्यको ‘एग्रिमा’का लागि बेलायत सरकारलाई पत्राचार

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । बेलायतस्थित नेपाली दुतावासले प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य एग्रिमाका लागि बेलायतको विदेश मन्त्रालयलाई पत्राचार गरेको छ । संघीय संसदको संसदीय सुनुवाइ समितिबाट आचार्यको नाम अनुमोदन भए लगत्तै यहाँको विदेश मन्त्रालय समक्ष एग्रिमाका लागि दुतावासले पत्राचार गरेको हो । दुतावासका कार्यवाहक राजदुत रोशन खनालले गत साता एग्रिमाका लागि विदेश मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिएकी छिन् । लण्डनस्थित नेपाली दूतावासका अनुसार नयाँ राजदूतको नाममा बेलायत सरकारले ‘एग्रिमा’ पठाएलगत्तै
प्रस्तावित राजदुत आचार्य बेलायत आउने तयारीमा छन् । बेलायत सरकारले एग्रिमा पठाउन झण्डै ६ साता लाग्ने बताइन्छ । बेलायतमा सार्वजनिक बिदाहरु सकिएसंगै नयाँ वर्षलगत्तै ‘एग्रिमा’ जाने अपेक्षा छ । त्यसलगत्तै नियुक्ती हुने र आचार्य परिवारसहित चार बर्षे कार्यकालका लागि बेलायत आउनेछन । आचार्य फ्रेवुअरीको अन्तिम सातासम्म बेलायत आउन सक्ने देखिन्छ ।

समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित तीन जना नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । प्रस्तावित राजदूतको नाममा बेलायत, भारत र अमेरिकारबाट एग्रिमा आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतहरूको नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी गराएका थिए । समितिले अनुमोदन गरेपछि राजदूतहरुको नियुक्ति प्रक्रिया अघि बढेको हो ।

समितिको बैठकमा बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित डा. शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीले समितिसमक्ष नियुक्ति भएर जाने देशहरुबाट उच्चस्तरको भ्रमणका लागि विशेष पहल गर्ने र नेपालमा लगानी भित्र्याउनेलगायतका विषयलाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाएका थिए ।

© 2022 All Right Reserved DiasporaNepal