नाचघरमा हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ मञ्चन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्विरः नेपाल खबर

वरिष्ठ साहित्यकार हृदयचन्द्रसिंह प्रधानको उपन्यास ‘एक चिहान’लाई नाट्य रुपान्तरण गरि मञ्चन थालिएको छ । कक्षा १२ को पाठ्य पुस्तकमा समावेश यो उपन्यास सांस्कृतिक संस्थानले मञ्चन सुरु भएको छ।

सांस्कृति संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्ने उद्देश्यले उक्त उपन्यासलाई नाट्य रुपान्तरण गरी मञ्चन सुरु गरेको जनाएको छ । विभिन्न तहका पाठ्यक्रममा समावेश कृतिलाई यसैगरी नाट्य रुपान्तरण गरी मञ्चन गर्दै जाने संस्थानको उद्देश्य रहेको छ ।

नाटक ‘एक चिहान’ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबारबाट मञ्चन सुरु भएको छ । संस्थानका वरिष्ठ कलाकारले अभिनय गरेको नाटकलाई कलाकार विरेन्द्र हमालले निर्देशन गरेका हुन् ।

२०१०/११ सालको काठमाडौं उपत्यका भित्रका नेवार किसान परिवारमा केन्द्रित रहेको सो नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ ।

© 2022 All Right Reserved DiasporaNepal