बेलायतमा १८ बर्ष माथिका सबैलाई बुस्टर खोप

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
gettyimages


लन्डन। बेलायत सरकारले आज सोमबारबाट १८ वर्ष माथिका सबैलाई बुस्टर खोप दिने भएको छ। पछिल्लो समयमा बेलायतमा ओमिक्रोन भेरियन्ट संक्रमित संख्या दैनिक ५० हजार नाघेपछि डिसेम्बर १३ बाट नै १८ बर्ष माथिका सबैलाई बुस्टर लगाउने निर्णय गरेको प्रधानमन्त्री बोरिश जोन्सनले बताएका हुन् । दैनिक तीन गुणा संक्रमित बढेपछि बैज्ञानिक तथा स्वास्थ्य विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिएका छन्।

बेलायतमा ओमिक्रोनको छाल तीव्र रुपमा बढेको भन्दै सबैलाई सजग रहन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन्।

‘हामी नयाँ भेरियन्टविरुद्धको आपतकालिन युद्धमा छौं। यसबारे सबै सजग हुनु आवश्यक छ’ उनले भने।

ओमिक्रोनको नयाँ भेरियन्ट देखिएपछि कोभिडको सचेतना चौथो तहमा पु¥याइएका बेला प्रधानमन्त्रीको भनाई सार्वजनिक भएको हो। चौथो तहको अर्थ संक्रमणको दर उच्च भन्ने हुन्छ। पछिल्लो पटक मे महिनामा चौथो तह घोषणा गरिएको थियो।

कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गरेका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us