असामबाट समातिए म्याराडोनाको सम्झनामा बनाइएको घडी चोर्ने व्यक्ति

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

महान फुटबलर डिएगो म्याराडोनाको सम्झनामा बनाइएको महँगो घडी चोर्ने एक व्यक्ति भारतको असामबाट पक्राउ परेका छन्। दुबई प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यमा वाजिद हुसेन नाम गरेका व्यक्ति पक्राउ परेका हुन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई असामको शिवसागरबाट पक्राउ गरिएको हो। असामका मुख्यमन्त्री हेमन्त विश्वाले सामाजिक सञ्जाल ट्वीटरबाट उनी पक्राउ परेको जानकारी दिएका हुन्। उनीमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइने विश्वाले बताएका छन्।

हुसेनले म्याराडोनाको सम्झनामा बनाइएको सीमित संस्करणमा निकालिएको हुब्लोट घडी दुबईस्थित एउटा कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्दा चोरेका थिए। म्याराडोनाको सम्झनामा बनाइएको घडीमा उनको हस्ताक्षर र जर्सी नम्बर पनि राखिएको छ। हुसेन घडी चोरेर गत वर्षको अगष्टमा भारत आएका थिए। उनलाई पक्राउ गरेसँगै उनीबाट घडी पनि बरामद गरिएको प्रहरीले बताएको छ।

गत वर्षको नोभेम्बरमा म्याराडोनाको निधन भएको थियो। म्याराडोनाले सन् १९८६ मा भएको विश्वकपको उपाधि अर्जेन्टिनालाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us