अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध
३ वर्षs अगाडि
डायस्पोरा नेपाल
न्युयोर्क । अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र बंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ ।
मानवअधिकार दुर्व्यवहार घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायतले पनि साथ दिएको छ ।
‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने ।
अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिकृया दिएका छैनन् ।