मालिकले किचकिच गर्दा कर्मचारीको पारो तातेपछि पूरै बिल्डिङ उडाइदिइन्, १५ करोड क्षति

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

काठमाडौं। आफ्ना मालिकसँग रिसाएकी एक महिला कर्मचारीले आफूले काम गर्ने तेलको गोदाम नै उडाइदिएकी छिन् । उनले लाइटरले एउटा कागजको टुक्रामा आगो लगाएर इन्धन कन्टेनरमा फ्याँकिदिइन् । यसले थाइल्याण्डको नाखोन पाथोम प्रान्तमा रहेको प्रपाकोर्न आयल गोदाममा आगो लाग्यो । यो घटनाले कम्पनीको करोडौंको नोक्सानी भएको छ ।

डेलीमेलका अनुसार ३८ वर्षकी आरोपी महिलाको नाम एन श्रीया हो । उनले एक तेल गोदामलाई यसकारण पूरै जलाइदिइन् किनकि उनी आफ्ना मालिकको दोष लगाउने र तनाव दिने व्यवहारका कारण दिक्क भएकी थिइन् । महिलाले गोदाममा आगो लगाइदिएपछि प्रज्वलनशील यसरी बल्यो कि त्यहाँ भयानक विष्फोट भयो । आगोको मुस्लो देखेर त्यस क्षेत्रमा भागाभाग भयो ।

यो आगो नियन्त्रण गर्नको लागि ४० भन्दा धेरै दमकल परिचालन गर्नुपरेको थियो । आगो नियन्त्रण गर्न आपतकालीन सेवालाई करिब ४ घण्टा लागेको थियो । रिपोर्टका अनुसार गोदाममा रहेका कन्टेनरमा हजारौं ग्यालन तेल थियो । यो घटनाबाट कम्पनीलाई करिब १५ करोड रुपैयाँको नोक्सानी भएको छ । २९ नोभेम्बरमा भएको यो घटनापछि महिला कर्मचारीमाथि कारवाही अगाडि बढाइएको छ ।

पुलिसका अनुसार एन श्रीयालाई गिरफ्तार गरिएको छ र उनले अपराध स्वीकार गरेकी छिन् । आरोपी महिलाका अनुसार उनका मालिकले उनलाई कामको विषयलाई लिएर दिक्क पार्थे । यसबाट हैरान भएर उनले यस्तो कदम उठाएकी हुन् । भीषण आगोमा १० भन्दा धेरै घरहरु क्षतिग्रस्त भएको बताइएको छ । मानवीय क्षति भएको भने जानकारी छैन । पुलिसले कम्पनीका मालिकसँग सोधपुछ गर्दा मालिकले यी महिलाले ९ वर्षदेखि यहाँ काम गरिरहेको बताएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us