अल्डरसटको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको अध्यक्षमा बाचस्पति रेग्मी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


लन्डन । बेलायतको अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा अध्यक्षमा पुर्व डिएसपी बाचस्पति रेग्मी चयन भएका छन । गत शनिबार भएको वार्षिक साधारण सभाले पत्रकार एवं पूर्व डिएसपी रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

सेन्टरको उपाध्यक्षमा विक्रम भट्टराई, महासचिव तानिया जैन, सहसचिव हरी भट्टराई, कोषाध्यक्ष निरज शर्मा, सहकोषाध्यक्ष निरज तिवारी र सदस्यहरुमा शरद कुलकर्णी, भक्त दर्जी, जितेन्द्र श्रेष्ठ र नारायण गिरी चयन भएका छन् ।

सभाले नयां ट्रष्टी पनि चयन गरेको छ । जसमा बाचस्पति रेग्मी, विक्रम भट्टराई, तानिया जैन, हरि भट्टराई, निरज शर्मा, निरज तिवारी, शंकर श्रेष्ठ, अरविन्द सहानी, रामचन्द्र सूर्य गुरुङ, सुष्मा गुरुङ, बेम थापा, एबी गुरुङ र हर्क गुरुङ छन् ।

निर्वाचन संयोजक रि. मेजर सूर्य उपाध्याय, सदस्यहरु सुनिता जैन र काउन्सिलर जीव बेलबासेले निर्वाचन सम्पन्न गरी सबै पद निर्विरोध भएको घोषणा गरेका थिए । सभामा मन्दिरका भोलेन्टिएर भीम बहादुर गुरुङलाई ‘बेष्ट भोलेन्टिएर’ सम्मान पनि प्रदान गरिएको छ ।

सेन्टरमा दैनिक पूजाआजा लगायत बिहे, धार्मिक कार्य, नेपाली कक्षा जस्ता गतिविधि गरिरहेको छ । नवनिर्वाचित अध्यक्ष रेग्मीले शिव मन्दिर सबैको आस्थाको केन्द्र बनाउने प्रयासमा सिंगो कार्यसमिति लाग्ने बताए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us