जनप्रगतिशील मंच युकेको रास्ट्रिय सम्मेलन डिसेम्बर १२ मा
लण्डन । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मंच युकेको चौथो राष्ट्रिय सम्मेलन डिसेम्बर १२ मा हुने भएको छ । जनप्रगतिशील मंच युके सम्मेलन आयोजक समितिको बुधबार बसेको बैठकले मंचको चौथो सम्मेलन आइतबार भर्चुअल रुपमा गर्ने निर्णय गरेको अध्यक्ष सुरेश गौतमले बताए । कोरोना नयाँ भेरिन्टको बढ्दो संक्रमणलाई मध्यनजर सम्मेलन भर्चुअल माध्यमबाट गरिने भएको हो ।
मंचका युके अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा बसेको बैठकले सम्मेलन सफल बनाउनका लागि कार्य समितिका कुनै सदस्यलाई आवश्यक जिम्मेवारी तोक्नसक्ने अधिकार मोर्चाका अध्यक्षलाई प्रदान गरे अनुरूप प्रचार प्रसारका लागि रास्ट्रिय कमिटी सदस्य तथा युवा विभाग प्रमुख नविन तामाङको संयोजकत्वमा २१ सदस्यीय प्रचार प्रसार उपसमिति र संघ संस्थाहरूसँग समन्वय गरी पत्रकारहरू र संघ संस्था प्रमुखहरूलाई भर्चुअल माध्यमबाटै सम्मेलन सफलताको शुभकामनाका लागि आमन्त्रण गर्न रास्ट्रिय समिति सदस्य तुल छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय संघ संस्था समन्वय उपसमिति पनि गठन गरिएको छ।
लामो समयदेखि मन्चको सम्मेलन हुन विविध कारणले नसकिरहेको सन्दर्भमा हुन लागेको यो सम्मेलनबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन हुने छ ।
सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ रहने छन् । त्यसैगरी विशेष अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अतिथिमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र सचिब टिबी पाठक, नेपाली जनप्रगतिशील मंच यूरोपका अध्यक्ष सुरेन्द्र भुसाल, सचिव रण क्षेत्री रहने छन् ।