बेलायतमा फेरी फेस मास्क अनिवार्य

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
तस्बिर : दि मिरर


लण्डन । बेलायत सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै मंगलबारबाट फेस मास्क अनिवार्य गरेको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले देशभित्रका विभिन्न स्थानहरुमा मास्क लगाउनु पर्ने नियम बनाएको हो । सो नियम मंगलबार बिहान ४ बजेदेखि लागू भैसकेको छ ।

विविसका अनुसार अनुसार मास्क लगाउनु पर्ने क्षेत्रहरुमा पसलहरु, सुपरस्टोरहरु, सपिङ सेन्टरहरु, अक्सन हाउसहरु, पोष्ट अफिस, बैँक बिल्डिङ सोसाइटी, क्रेडिट युनियनहरु, छोटो समयका लागि ऋण प्रवाह गर्ने संस्थाहरु, वचत गर्ने संस्थाहरु रहेका छन् । यस्तै स्टेट एजेन्ट, लेटिङ एजेन्ट, बार्बर, ब्यूटी सैलुन, ट्याटू पार्लर, मसाज केन्द्र, नेल सैलुन आदिमा जाँदा मास्क अनिवार्य लगाउनु पर्नेछ ।

मास्क लगाउनै पर्ने अन्य स्थानहरुमा फार्मेसीहरु, पशुलाई उपचार गर्ने स्थानहरु, ग्यालरीहरु, ट्राभल एजेन्टको कार्यालय, पर्याप्त खुला ठाउँ नभएका खाना वा पेय पदार्थ घर लैजाने स्थानहरु रहेका छन् । यसैगरी, सार्वजनिक सवारीसाधनहरु जस्तै हवाइजहाज, रेल, ट्राम, बस, ट्याक्सी, भाडाका ट्याक्सीमा चढ्दा पनि मास्क लगाउनु पर्नेछ ।

कार, भ्यान र ठूला ट्रकहरु प्रयोग गर्दा पनि मास्क लगाउनु पर्नेछ ।

सरकारले मास्क नलगाएको पाइएमा पहिलो पटक २०० पाउण्ड जरिवाना गर्न सक्नेछ । पटक पटक नियम उल्लंघन गरेमा सो जरिवाना बढीमा ६ हजार ४०० पाउण्डसम्म पुग्न सक्नेछ । तर स्वास्थ्य अवस्था खराब भएका कारणले मास्क नलाउँदा भने जरिवाना तिर्न पर्ने छैन।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us