बुद्ध फाउण्डेसनमा दीपक श्रेष्ठको दोस्रो इन्ट्री
लण्डन । बुद्ध फाउण्डेसन युकेको आइतबार पुर्वी लण्डनको बार्किङमा सम्पन्न प्रथम साधारण सभाले पुन दीपक श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । फाउण्डेसनको पहिलो कार्यकालमा अध्यक्ष रहेका श्रेष्ठले दोस्रो पटक अध्यक्ष भएर सेकेन्ड इन्ट्री गरेका हुन् । गत सन् २०१८ को जनवरीमा श्रेष्ठको अध्यक्षतामा तदर्थ कार्यसमिति गठन भएपछि हिजो आइतबार प्रथम अधिवेशन भएको हो ।
तीन वर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सचिन श्रेष्ठ, उपाध्यक्षहरुमा अर्जुन कटुवाल, जीवन सेन, प्रसुना कँडेल, महासचिवमा लक्ष्मी थापा (लारा) राई, सचिवमा सुरेन रुपाखेती, कोषाध्यक्षमा तेजेन्द्र रोकामगर, सहकोषाध्यक्षमा निरन्जन खड्का रहेका छन् ।
कार्यसमितिको प्रवक्तामा लछुमन गुरुङ, इभेन्ट कोअर्डिनेटरमा ह्यारी गुरुङ, ज्वाइन्ट इभेन्ट कोअर्डिनेटरमा निलहरि घिमिरे, युथ कोअर्डिनेटरमा किशोर राना, वुमन कोअर्डिनेटरमा बन्दना केसी, वुमन भाइस कोअर्डिनेटरमा मेनका खाँड, कल्चरल कोअर्डिनेटरमा सूर्य गुरुङ, ज्वाइन्ट कल्चरल कोअर्डिनेटरमा दिलु थापा, मिडिया कोअर्डिनेटरमा वाचस्पति रेग्मी, सोसल मिडिया कोअर्डिनेटरमा दीपक थापा माइथाने, स्पोर्टस् कोअर्डिनेटर चन्दन गुरुङ, आइटी कोअर्डिनेटर सन्तोष मण्डल चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा कृष्ण भण्डारी वेल्स, विजय डंगोल स्कटल्याण्ड, रविन्द्र शर्मा मिडल्याण्ड, नारायण कुँवर नर्दन आयरल्याण्ड, धनराज मल्ल, सुक गुरुङ, अर्चना गुरुङ, अन्जना थापा, प्रतिमा जोशी, ईश्वर महर्जन, मीनबहादुर पुन, दीर्घ केसी, रामकुमार थापा, जय श्रेष्ठ र गोकुल खरेल रहेका छन् ।
फाउण्डेसनले प्रत्येक बर्ष बुद्धजयन्तीको अवसरमा लण्डनको ट्राफलगर स्क्वायरमा कार्यक्रम गरी नेपालमा बुद्ध जन्मिएको बारेमा प्रचार प्रसार गर्दै आएको छ ।
कार्यक्रममा उपाध्यक्ष सचिन श्रेष्ठले सस्थाले अहिले सम्म गरेका कामहरूको पावर प्वाईन्टमा प्रिजिन्टेसन गरेका थिए भने अर्जुन कटुवालले महासचिबको प्रतिबेदन , राजन खकुरेलले कोषाध्यक्षको प्रतिबेदन र बिधान संयोजक फडिन्द्र भट्टराईले बिधान प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनहरु सर्वसम्मतिले पारित भएको थियो ।
प्रथम साधारण सभाको उद्घाटन बेलायतका लागि नेपाली कार्यवाहक राजदुत श्रीमती रोशन खनालले गरेकी थिइन् । उद्घाटन पछि उनले बुद्ध फाउण्डेसनले बेलायतमा बुद्धको जन्मभुमिका बारेमा प्रचार प्रसार गरिरहेकोमा प्रसंसा गरिन् । कार्यवाहक राजदुत खनालले कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र वितरण समेत गरेकी थिइन् ।
उक्त समारोहमा नेपाल पर्यटन बोर्डका प्रतिनिधि महन्थ श्रेष्ठ, बुद्धिष्ट कम्युनिटी सेन्टरका संस्थापक अध्यक्ष काजी शेर्पा, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजाल, गोरखाली समाज युकेका अध्यक्ष कर्ण दर्लामी, एनआरएनए युकेका उपाध्यक्ष सुनिलबाबु खड्का र कोषाध्यक्ष विष्णु खरेल, पासापुच गुठी साउथ इष्टका अध्यक्ष माधवलाल श्रेष्ठ, रोयल ग्रीनिच नेपाली सोसाइटीका अध्यक्ष जित रानाभाट, दिदीबहिनी समूहकी श्रद्धा थापा ,पशुपति मन्दिरका ट्रस्टि बिनोद ज्ञवाली ,आरजिएनएसका निवर्तमान अध्यक्ष शर्मिला हिराचन थकाली, गोर्खाली समाजका अध्यक्ष कर्ण दर्लामी, दक्षिण पुर्वि नेपाली समाजकी महासचिब मेनुका खड्का, सचिब सरद श्रेष्ठ, अन्तररास्ट्रिय साहित्य समुह बेलायतकी अध्यक्ष लक्ष्मी राई (लारा) , प्रतिभा नक्षत्रका कार्यसमिति सदसय अर्जुन शाही र मगर युथ एशोशिएसन यूकेका अध्यक्ष किशोर राना लगायतको उपस्थिति थियो ।
यसअघि नेपाल पर्यटन बोर्डका प्रतिनिधि महन्थ श्रेष्ठ, समाजसेवी शिवजी श्रेष्ठ तथा बीसीसी युकेका संस्थापक अध्यक्ष काजी शेर्पाले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रम स्पोटेड डग बार्किंङमा भएको थियो ।