‘अफगान नेताले राष्ट्रका लागि स्वयं संघर्ष गर्नुपर्छ’

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

AP

काठमाडौं, साउन २७ गते । अमेरिकी राष्ट्रपति जोइ बाइडेनले अफगान नेताले राष्ट्रका लागि आफैं लड्नुपर्ने बताउनुभएको छ । तालिबानले अफगानिस्तानको भूभागमाथिको नियन्त्रण बिस्तार गरिरहँदा अमेरिकी राष्ट्रपतिको उक्त धारणा आएको हो ।
“अफगान नेताहरु एकत्रित हुनुपर्छ, अफगान सुरक्षाकर्मीको संख्या तालिबानभन्दा बढी छ र लड्ने चाहना लिएर बढ्नुपर्छ ।”–व्हाइट हाउसमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले बताउनुभयो । “उनीहरुलाई आफ्नो र देशका लागि लड्नुपर्नेछ ।” बताउनुहुँदै राष्ट्रपति अफगानिस्तानबाट अमेरिकी सेनाको फित्र्तीमा कुनै पश्चताप नरहेको थप्नुभयो । उहाँले अफगानिस्तानलाई अमेरिकाले खाद्य, हवाई समर्थन, उपकरण तथा सुरक्षाकर्मीका लागि तलब सहयोगको निरन्तरता दिने बताउनुभयो । कुराकानीको क्रममा बाइडेनले वाशिंगटनले गएको २० वर्षमा एक खर्ब डलर खर्चिनुका साथै हजारौं सेना गुमाएको बताउनुभयो ।

© 2022 All Right Reserved DiasporaNepal