एमाले युरोप प्रतिनिधि विवाद : केसी माथि ‘अन्तरघात’ गर्नेको खोजी गर्न छानविन समिति गठन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मंच युरोप कमिटिमा प्रतिनिधि बन्न अयोग्य ठहर गरिएकी नेतृ सरस्वती केसीलगायतका पार्टी आवद्धतामा भएको गडबडीका बिषयमा छानविन गर्न एक कार्यदल गठन भएको छ । तत्कालिन एमालेको छैठौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि भैसकेकी प्रवासी नेपाली मंच युके उपाध्यक्ष केसीलाई विधान बमोजिम पार्टी आवद्धता नभएको जनाउदै निर्वाचन कमिटिले प्रतिनिधि हुन अयोग्य बनाएपछि उत्पन्न विवाद समाधान गर्न छानविन कमिटि गठन गरिएको हो ।

एमालेको विधानअनुसार संगठित सदस्य भएको १० बर्ष पुगेपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुन योग्य हुने छ भने महिला र जानजातीको हकमा भने सात बर्षमा योग्य हुने व्यवस्था छ ।
छानविन समितिलाई ‘संगठित सदस्य समस्या समाधान जाचवुझ समिति’ नाम दिइएको छ । जसमा पुर्व अध्यक्षद्वय दिनेश घिमिरे र रामशरण सिंखडा, पुर्व महासचिव तुङगभद्र भुसाल र पशुपति पोखरेल रहेका छन । दुई साता भित्र सत्य तथ्य पत्ता लगाई कार्यसमितिको बैठकमा प्रतिवेदन पेश गर्ने समय सीमा सिमितिलाई दिइएको छ । छानविन समितिका एक सदस्यका अनुसार समितिले महाधिवेशन सदस्यता विवाद, संगठनको खस्कदो स्थिति (व्यवहारिक र सैद्धान्तिक), प्रतिनिधि चयन प्रक्रियामा नगएको कारण र सकृय संगठन बनाउन आगामी दिनमा गर्नु पर्ने कामका बारेमा कार्यसमितिमा प्रतिवेदन पेश गर्नेछ ।

प्रतिनिधि चयन विवाद पार्टीभित्र चर्को रुपमा उठेपनि यसबारेमा सार्वजनिक रुपमा कसैले बोल्न सकेका छैनन् । ”पार्टी सदस्यहरुलाई निर्वाचनका प्रक्रियामा प्रवेश नै नगरि माथिको आदेश (जनवादी केन्द्रीयता) भन्दै प्रतिनिधिहरुको नामावली सुनाइयो”, एक जना उम्मेदवारले डायस्पोरा नेपालसँग भने, ”हामी एउटै गुटमा रहेका बोल्न हिम्मत गरेनौ । आगामी दिनमा पनि यही गुटमा बसेर काम गर्नु पर्ने भएकाले तै चुप मै चुपको स्थिति रह्यो।”

सदस्यहरुको पार्टी आवद्धताका बारेमा संगठन विभागले दस्तावेजीकरण गर्छ । हाल अध्यक्ष बनेका सुरेन्द्र थपलिया संगठन विभाग प्रमुख छन् ।
युरोपका प्रतिनिधिको निर्वाचन गर्न गर्न हंगकंगका भक्त गुरुङलाई निर्वाचन अधिकृत बनाइएको थियो । सर्वसम्मत रुपमा छानिएका प्रतिनिधिहरुमा भक्त गुरुङ (बेलायत), मुक्तबहादुर गुरुङ (स्पेन), गोविन्द पौडेल (पोर्चुगल), भक्त वाग्ले (फ्रान्स), कल्पना त्रिपाठी (बेलायत), सरस्वती चापागाई (बेल्जियम) र डा.विमला भण्डारी (रसिया) छन ।

© 2022 All Right Reserved DiasporaNepal