एमाले युरोपका प्रतिनिधिहरुको नाम सार्वजनिक

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मंच (ओएनएफ) युरोपबाट पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत छानिएका भन्दै प्रतिनिधिहरुको नाम सार्वजनिक गरिएको छ । एमाले अन्तरराष्ट्रिय प्रवास कमिटिका अध्यक्ष भक्त गुरुङ र प्रवासी नेपाली मंच, स्पेनका सल्लाहकार समिति अध्यक्ष केदार ढुंगानाले सामाजिक संजाल मार्फत प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेका हुन् ।
सर्वसम्मत रुपमा छानिएका प्रतिनिधिहरुमा भक्त गुरुङ (बेलायत), मुक्तबहादुर गुरुङ (स्पेन), गोविन्द पौडेल (पोर्चुगल), भक्त वाग्ले (फ्रान्स), कल्पना त्रिपाठी (बेलायत), सरस्वती चापागाई (बेल्जियम) र डा.विमला भण्डारी (रसिया) छन । अन्तरराष्ट्रिय प्रवास कमिटि इन्चार्ज डा. राजन भट्टराईले केन्द्रीय अध्यक्षको निर्देशन भन्दै निर्वाचन प्रक्रियालाई रोकि नाम सुनाउन लगाएको स्रोतले बताएको छ । पार्टी सदस्यहरुलाई निर्वाचनका प्रक्रियामा प्रवेश नै नगरि माथिको आदेश (जनवादी केन्द्रीयता) भन्दै मतदाता नामावली समेत उपलब्ध नगराई निर्वाचन प्रक्रिया भर्चुअल रुपमा सम्पन्न गरेको थियो । जसमा कारण चर्को विवाद भएको थियो ।


प्रवासी नेपाली मंच भित्र प्रतिनिधि चयनका लागि खुला तर्फ २७ जना र महिला तर्फ ४ जनाले उम्मेदवारी दर्ता गराएपनि विना निर्वाचन केही व्यक्तिको नाम छानिएपनि चर्को विवाद भएपछि दुई दिन सम्म नाम सार्वजनिक गर्न सकेको थिएन । बैठकमा सहभागीकाअनुसार महिला कोटाबाट केन्द्रीय प्रतिनिधिमा उम्मेदवारी दिएकी सरस्वती केसीलाई संगठित सदस्य लिएको सात बर्ष नपुगेको भन्दै अयोग्य बनाइएको छ । जबकी नेतृ केसी नेपालमा रहदा नै छैठौ महाधिवेशनमा प्रतिनिधि भइ नेपालगंज गएकी थिइन । यस यता नियमित रुपमा पार्टीका क्रियाशिल रहेकी केसीलाई प्रतिनिधि हुन अयोग्य बनाइएको बुझिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार एमालेको १० औं राष्ट्रिय महाधिबेशनको लागी युरोप क्षेत्रबाट उम्मेदवारी दर्ता गर्ने ।
(जम्मा ३ जनाको लागी)

१. सुरेन्द्र थपलिया (युके)
२. गोविन्द पौडेल (पोर्चुगल )
३. शालिक ग्राम थपलिया (बेल्जियम)
४. चन्द्रकान्त आचार्य (जर्मनी)
५. बोधराज पौडेल (बेल्जियम)
६. मुक्त गुरुङ (स्पेन )
७. शिब चापागाइ (डेनमार्क)
८. मदन लिम्बु (पोर्चुगल)
९. चिरञ्जीवी खडका (चेक रिपब्लिक)
१०. शिब बरुवाल (बेल्जियम)
११. विनोद ज्ञवालि ( युके )
१२. रञ्जन शिम्खडा (बेल्जियम)
१३. युबराज अधिकारी (जर्मनी)
१४. रणबहादुर बि क (जर्मनी)
१५. भक्तबहादुर वाग्ले ( फ्रान्स)
१६. जनक सुवेदी (बेल्जियम)
१७. भोजराज त्रीपाठी (जर्मनी)
१८. सनत कुमार गौतम (जर्मनी)
१९. टुङ्ग भद्र भुसाल (युके)
२०. दासुराम पाण्डे (युके)
२१. हरि सिम्खडा (बेल्जियम)
२२. योगेन्द्र बि क (बेल्जियम)
२३. जिबन सेन (युके)
२४. विनोद न्यौपाने (बेल्जियम)
२५ .बाल कृष्ण भुसाल (युके)
२६. दिनेश घिमिरे (युके)
२७. किसान केसि (बेल्जियम)


महिला प्रतिनिधिको २ जनाको लागी

१. कल्पना आङबुहाङ (युके)
२. सरु चापागाइ (बेल्जियम)
३. सरस्वती केसी (युके)
४. कल्पना त्रीपाठी (युके)

प्रवास कमिटिहरु मध्ये अन्तरराष्ट्रिय कमिटिको निर्वाचन अधिकृतमा डा. राजन भट्टराईको निर्देशनमा ति नामहरु जबर्जस्ति पढिएको पार्टी स्रोतले बतायो । मंगलबार नोभेम्बर १६ विहान ११ बजे संगठन विभागमा प्रतिनिधि दर्ताको समय राखिएको छ । सोही कारण नाम सार्वजनिक गर्नु परेको हो ।
एमालेको विधानअनुसार संगठित सदस्य भएको १० बर्ष पुगेपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुन योग्य हुने छ भने महिला र जानजातीको हकमा भने सात बर्षमा योग्य हुने व्यवस्था छ ।

© 2022 All Right Reserved DiasporaNepal