पिसिए बडी बिल्डिङमा विसन गुरुङ च्याम्पियन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लन्डन । यूके नेपाल इन्टरनेशनल फेडेरेशन बडी बिल्डिङ लिगका पूर्व महासचिव विसन गुरुङले बेलायतको बर्मिङहम सिटीमा १४ नोभेम्बर २०२१ मा सम्पन्न फिजिकल कल्चर एसोसिएसन (पिसिए) प्रतिस्पर्धामा आफ्नो तौल समुहमा च्याम्पियन भएका छन् । गुरुङ सन् २०१४ मा मिस्टर यूके नेपाल, सन् २०१५ मा मिस्टर हिमालयन रनर अप भएका थिए भने यस बर्ष पिसिएमा आफ्नो तौल समुह र ओभरल समुहमा च्याम्पियन भएका हुन् ।

सो कार्यक्रमको लाइभ सोमा युके नेपाल पिसिएका अध्यक्ष सुक गुरुङ, तमु धिं लण्डन इकाई तथा स्याङ्जा समाज युके उपाध्यक्ष भरत गुरुङ र रमेश गुरुङको उपस्थिति रहेको थियो। विभिन्न संघ सस्थाहरूले बिसन गुरुङलाई आर्थिक सहयोग गर्नुको साथै हौसला प्रदान गरेका थिए ।
गुरूङको यो जितले नेपाल र नेपालीहरुलाई थप गर्व तुल्याएको प्रतिक्रिया समुदायका अगुवाहरुले दिएका छन ।
विजेता गुरूङले आफुलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

© 2022 All Right Reserved DiasporaNepal