४० बर्ष उमेर समुहलाई पनि बुष्टर खोप उपलब्ध

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर : बीबीसी


लन्डन । बेलायत सरकारले कोरोनाविरुद्ध तेस्रो डोजका लागि ४० बर्ष भन्दा माथि उमेर समुहलाई खुला गरेको छ । सरकारले बैज्ञानिकहरुको सल्लाहअनुसार तेस्रो डोजको खोपलाई तीव्रता दिदै चार दशक माथिका उमेर समुहलाई खोप लगाउन अफर गरेको बीबीसीले जनाएको हो । झण्डै ११ करोड डोज खोप वितरण भैसकको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।
बेलायतमा आउँदै गरेको जाडो मौसम अर्थात वीन्टरमा कोरोना संक्रमणलाई नियन्त्रण गर्न तेस्रो डोज धमाधम दिने सरकारको नीति रहेको देखिन्छ । बेलायतमा करीव २३ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुष्टर डोज लगाइसकेका छन ।
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) अन्तर्गत काम गर्ने कर्मचारीहरुका लागि कोरोनाविरुद्धको खोप अनिवार्य गरिने गत साता स्वास्थ्यमन्त्री साजिद जाविदले घोषणा गरेका थिए । बेलायतमा स्वास्थ्य क्षेत्रमा कार्यरत एक लाख तीन हजार एनएचएस कर्मचारीले कोरोनाविरुद्धको खोप नलगाएको तथ्यांकले देखाएको छ । उनीहरुलाई पूर्णरुपमा खोप लगाउन सन् २०२२ अप्रिल १ सम्मका लागि समयसीमा तोकिएको छ ।

स्वास्थ्यस्थिति कमजोर रहेका जुनसुकै उमेर समुहका लागि बेलायत सरकारले पहिलेदेखि नै बुष्टर खोप उपलव्ध गराउँदै आएको छ ।

© 2022 All Right Reserved DiasporaNepal