बेक्स्ली नेपाली समाज युकेको निशुल्क नृत्य कक्षा सुरु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । बेक्स्ली नेपाली समाज युकेले हरेक साता आइतबार नि:शुल्क नृत्य कक्षा संचालन गरेको छ । ६ हप्ताका लागि सन्चालन हुने नृत्य कक्षाको समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष हरिश ज्ञवालीले गरेका हुन् । नोभेम्बर १४ आइतबारदेखि संचालनमा आएको नृत्य कक्षा रहेक साता दिनको दुई धन्टा संचालन गरिने भएको छ ।

नृत्य कक्षा मार्फत समाजका जोड्दै रचनात्मक कृयाकलाप गर्ने जानकारी कार्यक्रमको संयोजक तथा कोषाध्यक्ष दिपेन्द्र सिटौलाले जानकारी दिए ।
नृत्य प्रशिक्षकको रुपमा समाजकी आजीवन सदस्य अपेक्षा थापा कार्की गर्ने भएकी छिन । उनले समाजले नृत्य कक्षा संचालनको जिम्मेवारी दिएर आफु माथि ठुलो भरोसा गरेको बताउदै संस्था प्रति धन्यवाद व्यक्त गरिन् । नृत्य प्रशिक्षक कार्कीले समाजका सबै उमेर समुहका दिदी वहिनीहरुलाई सकृय सहभागीताका लागि अनुरोध गरेकी छिन ।
करीव ५० जना दिदी वहिनीहरुको सहभागिता रहने विश्वास प्रशिक्षक कार्कीको छ । महासचिव केदार थपलियाका अनुसार कार्यक्रमको समापन समारोहमा उत्कृष्ट नृत्य साधिकाहरुलाई प्रत्सोहान स्वरूप बिशेष उपहारको व्यवस्था गरिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal