गुरुङ भाषाको फिल्म “स्यूरू” डिसेम्बर १० मा प्रदर्शन हुने
लण्डन । गुरुङ भाषामा निर्माण गरिएको चलचित्र “स्यूरू” आगामी डिसेम्बरमा अल्डरसटस्थित एम्पायरमा हल प्रदर्शन गरिने भएको छ । उक्त चलचित्र प्रदर्शनका लागिका लागि डिसेम्बर १० मा शुक्रबार हल बुकिङ भैसकेको आयोजक मध्येका एक एकिन्द्र गुरुङले बताएका हुन् ।
स्वस्ति फिल्मस् प्रा.लिको चौथो प्रस्तुतीका रुपमा “स्यूरू”लाई गुरुङ भाषामा निर्माण गरिएको छ । ‘गुरुङ भाषामा “स्यूरू” को शाब्दिक अर्थ काचो धागो हो । यस्लाई एउटा पवित्र भावनाको गाठोको रुपमा लिने गर्दछ । जुन भावनाको गाठो जुनी जुनी सधै सगै रहने अजर अमर प्रेमको पवित्र विम्व र प्रतिकको रुपमा पनि लिन सकिन्छ’, चलचित्रका बारेमा गुरुङले जानकारी दिए ।
। उनले मान्यजनबाट दीर्घजीवन र सुस्वास्थ्यको आर्शिदवाद लिने गरिन्छ । यहीं विम्व र प्रतिकले परिभाषित गर्न खोजिएको गुरुङ भाषा र संस्कृतिमा आधरित चलचित्र “स्यूरू” उतारिएको छ । ‘चलचित्र हेरेर सहयोग गरिदिनु हुन हामी हाम्रा साथीभाई इष्टमित्र र शुभ चिन्तक सबैलाई बिनम्र अनुरोध गर्दछौ,’ समाजसेवी गुरुङ सार्वजनिक अनुरोध गर्दै भने। सामाजिक अभियन्ता गुरुङले चलचित्र हेरिदिन सबैलाई आव्हान समेत गरेका छन ।
निर्माण टिमले गीत संगीतलाई माया तथा कला र साहित्यको प्रबर्धनलाई सहयोग गर्न सम्पुर्ण नेपालीलाई अनुरोध समेत गरेको छ । १५ पाउण्ड टिकट दर राखिएको चलचित्रका बारेमा थप जानकारी चाहिएरमा मेजर डि घले, जुमकाजी गुरुङ र एकिन्द्र गुरुङलाई सम्पर्क राख्न अनुरोध गरिएको छ । चलचित्रको लेखक तथा निर्देशक सोम गुरुङ हुन् ।