खुला डबली मार्फत शुभकामना आदानप्रदान

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लन्डन – खुला डबली विशेषमा शुक्रबार (५ नोभेम्वर) नेपालीहरुका प्रमुख चाड तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको छ। कार्यक्रम जूममा नेपालको समय अनुसार बेलुका ५:३० बजे देखि शुरु हुने आयोजकले जनाएका छन्।

कार्यक्रममा काठमाडौँस्थित शान्ति सेवा आश्रमका संस्थापक गुरु डा. चिन्तामणि योगीले यमपन्चकको महत्वको बारेमा प्रचन दिने छन्। त्यस्तै नेपाल तथा प्रवासका चर्चित कलाकारहरुको रोचक प्रस्तुति पनि रहेको छ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको सन् २०२१-२३ का लागि अध्यक्ष पदका उम्मेदवार कुल आचार्य, टिम कुलका अन्य उम्मेदवारहरु लगायतले शुभ कामना दिने छन्। यस अघि गत महिना दशैंको अवसरमा जितु नेपाल मुन्द्रे, कुलेंद्र बिक, बिमल राज क्षेत्री लगायतका चर्चित कलाकारहरुको सहभागितामा टिम कुलले दशैं शुभ कामना कार्यक्रम आयोजना गरेको थियो।

© 2022 All Right Reserved DiasporaNepal