नेपाली वायुसेवालाई यूरोपले आठ बर्षदेखि लगाएको प्रतिबन्ध फुकुवा गर्न बेलायत समक्ष मन्त्री आलेको अनुरोध

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

  पर्यटन मंत्री आलेसंग एनआरएनए  युकेले अन्तरक्रिया गर्ने 

लण्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गत मंगलबार बेलायतको हाउस अफ लर्ड्सकी सांसद्‍ ब्यारोनेस वर्मासँग भेट गरि हवाई प्रतिबन्ध फुकुवाका लागि अनुरोध गरेका छन् । संयुक्त अधिराज्य बेलायतको लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) मा नेपाली पर्यटन व्यवसायीहरूको टोलीसहित आएका मन्त्री आलेले यूरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई सन् २०१३ मा लगाएको प्रतिबन्ध फुकुवाका लागि बेलायती सरकारका तर्फबाट पनि पहल गरिदिन अनुरोध गरेको नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रवन्धक लक्ष्मण गौतमले बताएका हुन् ।

बेलायत ईयूको सदस्य राष्ट्र नरहे पनि पर्यटनमन्त्रीले हाउस अफ लर्ड्सकी सांसद्‍ वर्मासँगको भेटमा नेपालले पछिल्लोपटक नागरिक उड्डयनका क्षेत्रमा धेरै नै सुधार गरिसकेकाले यस विषयमा बेलायतका तर्फबाट पनि पहल गरिदिन अनुरोध गरेका थिए ।
पर्यटनमन्त्री आलेले नेपाल मामलामा जानकार रहेकी सांसद्‍ वर्मालाई पछिल्लोपटक उड्डयन क्षेत्रमा नियमनकारी र सेवाप्रदायक गरी दुईवटा निकाय बनाउन नेपालको संसद्‍मा कानुनको मस्यौदा अन्तिम चरणमा रहेको जानकारी गराउँदै अर्न्तराष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले औंल्याएका धेरै मुद्दामा सुधार गरेको जनाएका थिए । यसअघि पुर्व पर्यटन मन्त्री योगेश भट्टराईले पनि पहल गरेका थिए । तरपनि प्रतिबन्ध फुकुवा हुन सकेन् ।
हाउस अफ लर्ड्समै भएको आधा घन्टाको भेटमा मन्त्री आलेले वर्मालाई नीजगढ विमानस्थल निर्माणमा नेपाल सरकारसँग स्रोत नभएकाले बेलायती लगानीकर्ता जुटाइदिन पनि अनुरोध गरेको जानकारी गौतमले दिए । बेलायतलाई विमानस्थल निर्माणमा सहयोग गर्न समेत मन्त्री आलेले आग्रह गरे ।
कोरोना संक्रमणले थलिएको नेपालको पर्यटन बजारलाई पुन चलायमान बनाउन लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) मा भाग लिन मन्त्री आलेसहितको सरकारी टोली आइतबार बेलायत आएको थियो । उनी आगामी शनिबार काठमाडौं फर्किने कार्यक्रम छ।

पर्यटन मंत्री आलेसंग एनआरएनए युकेले अन्तरक्रिया गर्ने 

बेलायतको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री प्रेम बहादुर आलेसंग गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ । बिहीबार, ४ नोभेम्वर, अपरान्ह ५:३० बजे अल्डरशटस्थित एनआरएनए युकेको कार्यालयमै अन्तरक्रियाकार्यक्रम  आयोजना गरिने जनाइएको छ।”बेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री प्रेम बहादुर आलेलाई हाम्रोकार्यालयमा  स्वागत गर्नयो कार्यक्रम आयोजना गर्न लागिएको हो,”  एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले भने। 

उनले गत शनिबार लन्डनस्थित नेपाली दूतावासमा प्रधान मंत्री शेर बहादुर देउवालाई भेटेर एक ज्ञापन पत्रबुझाएको पनि स्मरण गरे।“नागरिक उड्डयन मंत्री प्रेम बहादुर आलेज्यूलाई पनि हामीले नेपाल तथा बेलायतबीच सिधा हवाइ सेवा संचालनगर्न अनुरोध गर्दै एक ज्ञापन पत्र बुझाउने छौं,” अध्यक्ष गाहा मगरले भने। यसै साता बेलायत आइ पुगेका पर्यटन मंत्री प्रेमबहादुर आलेले ब्रिटिश अधिकारीहरुसंग भेट वार्ता गरिरहेकाछन्।

© 2022 All Right Reserved DiasporaNepal