बेलायत कोरोना अति प्रभावित चौथो राष्ट्रमा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । कोराना संक्रमित (कोभिड–१९ )बाट विश्वभर अति प्रभावित मुलुक मध्येमा चौथो देशमा बेलायत परेको छ । जोन हप्किन्स विश्वविद्यालयको अध्ययनका आधारमा चिनिया समाचार एजेन्सी सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित मुलुकहरुको पछिल्लो अपडेटमा बेलायत चौथो प्रभावित राष्ट्रमा परेको हो । जोन हप्किन्स विश्वविद्यालका अनुसार विश्वभर कोभिड –१९ बाट २४ करोड ५५ लाख ३ हजार ८ सय ७९ जना प्रभावित भएका छन ।
जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट अनुसार अमेरिका पहिलो मलुकमा पर्छ भने भारत दोस्रो र ब्राजिल तेस्रो मुलुकमा परेका छन् । पाँचौ स्थानमा रूस, छैठौंमा टर्की, सातौमा फ्रान्स, आठौंमा इरान, नवौंमा अर्जेन्टिना छन ।

देश सङ्क्रमितको सङ्ख्या
विश्व २४५,५०३,८७९
अमेरिका ४५,८२६,०९८
भारत ३४,२३१,८०९
ब्राजिल २१,७८१,४३६
बेलायत ८,९७८,४४३
रूस ८,२६०,०४५
टर्की ७,९६१,५०५
फ्रान्स ७,२४८,२८५
इरान ५,८९९,५०९
अर्जेन्टिना ५,२८६,०७४

© 2022 All Right Reserved DiasporaNepal