डार्टफोर्ड नेपाली समाजको दशैं तिहार शुभकामना (फोटो फिचरसहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । डार्टफोर्ड नेपाली समाजले दशैं तिहार शुभकामना साँझको आयोजना गरेको छ । लण्डनको दक्षिण पुर्वस्थित डार्टफोर्डमा बसोवास गर्ने नेपालीहरुको सहभागीतामा वडादशैं र तिहारलाई एकै पटक मनाउने गरि आइतबार डार्टफोर्डमा दशैं तिहार शुभकामना साँझको आयोजना गरिएको हो । डार्टफोर्डवासी नेपाली समुदाय उपस्थित रहेको शुभकामना साँझमा डार्टफोर्ड बरोका मेयर रोजान्ना र डार्टफोर्ड लिडर अफ काउन्सिलर जेर्मीको प्रमुख अथितिका रुपमा कार्यक्रममा सहभागी भएका थिए ।
नेता जेर्मीले डार्टफोर्डमा नेपाली समुदायको योगदान महत्वपुर्ण रहेको जनाए । उनले विशेष गरि स्वास्थ्य र इन्जिनियरिङ क्षेत्रमा नेपाली समुदायबाट महत्वपुर्ण सहयोग पाइरहेकोमा खुसी व्यक्त गरे । उनले नेपाली भाषा र सस्कृतिलाई दोस्रो पुस्ताका नेपाली विचमा लैजान डार्टफोर्ड बरोले निरन्तर सहयोग दिने बचन दिए । आफुहरु नेपालीहरुका उन्नतीमा हातेमालो गर्दै अघि बढन तयार रहेको उनको भनाई थियो । मेयर रोजान्नाले डार्टफोर्ड नेपाली समाजले आफुहरुलाई गरेको सम्मान प्रति आभार व्यक्त गरिन् ।
डार्टफोर्ड नेपाली समाजका अध्यक्ष लेखनाथ खरेलले  बेलायत पनि नेपाली समुदायहरु एकै ठाउँमा जम्मा भएर दशैं तिहार मनाउन पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि डार्टफोर्डवासी नेपाली समुदायवीच हातेमालो भइरहने अपेक्षा गर्दै उपस्थित सबैलाई धन्यवाद दिए । समाजका उपाध्यक्ष डा. विना घिमिरेले कार्यक्रममा सहभागी सबैलाई स्वागत गरेकी थिइन् । शुभकामना साँझ र दशैं तथा तिहारको महत्वका बारेमा निकिता खरेल र एरिका श्रेष्ठले सबैलाई जानकारी दिएका थिए ।
डार्टफोर्डमा बसाई सर्ने नयाँ सदस्यहरुलाई सस्थापक अध्यक्ष चण्डिका भट्ट, पुर्व अध्यक्ष गजेन कटुवाल, सामाजिक अभियन्ता पारिजात पाठकले फुल र नेपाली टोपी उपहार दिएर स्वागत गरेका थिए भने आजीवन सदस्य प्राप्त गर्नेहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा वेक्सि नेपाली समाजका अध्यक्ष आनन्द धरेल र एनआरएनए युके सदस्य श्याम लुईटेललायतका महानुभावहरु कार्यक्रममा अतिथिका रुपमा उपस्थित थिए । पहिलो सत्रको कार्यक्रम सचिव हरि हड्खलेले संचालन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणलाई संगीतमय बनाइएको थियो । डार्टफोर्ड नेपाली समाजका पुर्व अध्यक्ष दीपक थापाले सांगीतिक कार्यक्रमको संयोजन गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal