राजदुतको कार्यभार सम्हालेको २ सय ३८ दिनपछि लोकदर्शन रेग्मी नेपाल फिर्ता हुदै

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी आज आइतबार नेपाल फर्किदै हुनुहुन्छ । लण्डन दुतावासका अनुसार दिउँसो ५ बजेर ४० मिनेटमा टर्किस एयरलाइन्स मार्फत नेपाल जान लागेका हुन ।कार्यभार सम्हालेको २ सय ३८ दिनपछि परिवारसहित फर्किदै छन ।
बेलायतका लागि नेपाली राजदुतका रुपमा चार वर्षका लागि नियुक्त भएको भए पनि नेपाल सरकारको २१ सेप्टेम्बरमा बसेको मन्त्री परिषद्को बैठकले पूर्व प्रधानमन्त्री केपी ओलीका पालामा राजनीतिक नियुक्ति पाएका सबै राजदुतहरुलाई फिर्ता गर्ने निर्णय गरेपछि रेग्मी नेपाल फर्कन लागेका हुन् ।

राजदुत रेग्मीले अक्टोर २४ मा नेपाल फर्कन लागेको जानकारी सार्वजनिक रुपमा दिइसकेका छन भने उनलाई विभिन्न संस्थाहरुले विदाई समेत गरिसकेका छन । रेग्मी राजदुत नियुक्त हुनु पूर्व नेपाल सरकारका मुख्यसचिव थिए । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ माघ ५ गते बेलायतका लागि नेपाली राजदुतका रुपमा नियुक्त गरेकी थिइन् । रेग्मी बेलायतका लागि नेपालका एक्काइसौँ राजदुत थिए ।

रेग्मी गत मार्च १ तारिखमा बेलायत आई पदबहाली गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal