‘गोर्खा बिनिथ द ब्रेभरी’को रेड कार्पेट आज शनिवार

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लन्डन । पुर्व गोर्खाहरुको जनघनत्व रहेको बेलायतमा चलचित्र ‘गोर्खा बिनीथ द ब्रेभरी’ को रेड कार्पेट सो शनिवार गरिने भएको छ । दिउँसो चलचित्रको रेड कार्पेट र शनिवार २३ अक्टोबर नै साँझ अल्डरसटस्थित प्रिन्सेस हलमा प्रिमियर सो राखिएको चलचित्र निर्माण टिमकी सदस्य मधु गुरुङले बताएकी हुन् ।
बेलायत सरकारको सर्वोच्च पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली स्वर्गीय कुलबीर थापाको जीवनीमा आधारित रहेर चलचित्र निर्माण गरिएको छ । गत महिना मात्रै स्वर्गीय थापाको पुर्ण कदको शालिक अल्डरसटमै स्थापना गरिएको थियो ।
आयोजकका तर्फबाट गुरुङले फिल्म प्रिमियर शो मा उपस्थित भइ सहयोग र हौसला प्रदान गर्न आव्हान गरेकी छिन । पुर्व र हाल कार्यरत गोर्खा सन्तानहरुको संयुक्त प्रयासमा क्राउड फन्डिङ (चन्दा संकलन) गरि निर्माण गरिएको उक्त चलचित्रले बेलायत र नेपालबीच सम्बन्धलाई थप उचाईमा पुर्याउने गरुङले बताइन् । उनले गोर्खाका विरगाथाका बारेमा नयाँ पुस्तालाई चलचित्रले थप ज्ञान प्रदान गर्ने जनाइन् ।

चलचित्र निर्माणमा सकृय रहेकी गुरुङले चलचित्रबाट आउने नाफा च्यारिटी संस्था गोर्खा वेलफेयर ट्रष्टलाई दिने निर्णय निर्माण टिमले गरिरहेको जानकारी दिइन । निर्देशक प्रदीप शाहीसहित टोलीले प्रदर्शनका तयारी पुरा गरिसकेका छन ।
चलचित्रले स्वर्गीय भिसी थापाप्रति सम्मानसहित भूतपूर्व गोर्खाहरुले विश्वयुद्दमा निर्वाह गरेको ऐतिहासिक भूमिका नयां पुस्तालाई जानकारी दिनेछ ।
चलचित्रमा समिर गुरुङले भिसी कुलबीर थापा र गौमाया गुरुङले मैया अर्थात भिसीपत्नीको भूमिकामा अभिनय गरेका छन् भने ओल्ली बासी, सूर्य गुरुङ, राजन गुरुङ, अगोस्टिनो ओबरहोफेर, रोविन फ्रिबर्ग, चार्ली मोरेल, ज्याक क्रोनिन, माइकल ली लगायतले युद्दमोर्चामा प्रत्यक्ष लडेका सेनाको प्रमुख भूमिका निभाएका छन् । सियोन शाही कुलवीरको छोराको भूमिकामा छन् ।
पाल्पामा जन्मिएका कुलबीर थापाले पहिलो विश्व युद्धमा आफ्नो बहादुरी देखाएवापत २६ वर्षको उमेरमै भिसी पाएका थिए ।

ट्रेलर

© 2022 All Right Reserved DiasporaNepal