एनआरएनए युकेद्वारा मानार्थ सदस्य चिरन शर्मालाई कारवाहीको तयारी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank


लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको आधिकारिक फेसबुक पेज दुरुपयोग गर्ने चिरन शर्मा (देवराज आचार्य) कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । एनआरएनए कार्यसमितिको मंगलबार बसेको बैठकले संस्थाको सामाजिक संजाल फेसवुकको अफिसियल पेज अनधिकृत रुपमा प्रयोग गरि दुरुपयोग गरेको प्रमाणका आधारमा कारवाही गर्ने निर्णय गरेको हो । एनआरएनए युके प्रवक्ता भरतमणि चाङवाङले संस्थाका आधिकारिक पेज विना अनुमति चलाउने शर्मालाई कानुनी कारवाही अघि बढाउने तयारी भैरहेको जनाए । शर्मा बेलायतस्थित एक अनलाईन नेपालव्रिटेन डटकमको सम्पादक हुन ।
एनआरएनएको मानार्थ सदस्यमा मनोनित उनले गत हप्ता एनआरएनए युकेको फेसबुक पेजबाट आफ्नो पक्षका उम्मेदवारहरुको जुम लाईभको प्रत्यक्ष प्रशारण गरेका थिए । एनआरएनए मानर्थ सदस्य जस्तो व्यक्तिले एनआरएनए युकेको फेसबुक पेजको अनधिकृत प्रयोग गरेका शर्मालाई एनआरएनए युकेको सदस्यता समेत निलम्बन प्रक्रिया अघि बढाउने निर्णय कार्यसमितिले गरेको प्रवक्ता चोङवाङले जानकारी दिए ।
संघको बैठकले संस्थाको पेज दुरुपयो गरिकोमा प्रहरी समेत उजुरी गरि साइवर क्राइममा अन्तगर्त कारवाही गर्ने बारेमा कानुनविद् सँग परामर्श सुरु गरेको एनआरएनए प्रवक्ताले विज्ञप्ती नै जारी गरि जनाएका छन ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us