बेलायत सरकारले कोरोना नियन्त्रण गर्न चालेका कदम असफल : अन्तरपार्टीका सांसदहरु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

covid-19
तस्बिर : स्काई न्युज

खोप अभियान प्रभावकारी
लण्डन । बेलायत सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि चालेका योजना पुर्णत असफल भएको निष्कर्ष सांसदहरुले निकालेका छन । अन्तरपार्टी सांसदहरुको समुहले तयार पारेको एक प्रतिवेदनले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमहरु पूरै असफल भएको औंल्याएको हो ।

महामारीको अवस्थालाई व्यवस्थापन गर्न वैज्ञानिकहरुको सहयोगमा सरकारले लिएका नीतिहरु प्रभावकारी हुन नसकेको र सरकारको कमजोर व्यवस्थापनले लकडाउन जारी गर्न ढिलाइ हुँदा धेरै मानिसहरुले ज्यान गुमाउनु परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अन्तरपार्टी सांसदहरुको टोलीले तयार पारेको प्रतिवेदनमा सरकारले खोप अभियान भने प्रभावकारी रुपमा सन्चालन गरेको उल्लेख छ । बेलायतमा कोरोनाबाट झण्डै १४ लाख व्यक्तिको ज्यान गुमाउनु परेको तथ्यांक छ ।

© 2022 All Right Reserved DiasporaNepal