उलविच लेट नाइटलाई ‘फार्मेसी अवार्ड’

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन ।लण्डनको दक्षिण पुर्वस्थित उलीचको लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ । द कँडेल ग्रुपद्वारा सन्चालित उक्त फार्मेसीले फार्मेसी इनोभेसन क्याटेगोरीअन्तर्गत अवार्ड जित्न सफल भएको हो ।
एक समारोहमा फार्मेसीकी सिनियर क्लिनिकल फर्मासिष्ट शोभा शर्मा कँडेल र र सुपरीडेण्डेन्ट जिगनेश मेहताले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका छन ।

बेलायतमा साना तथा स्वतन्त्र फार्मेसीहरुले गरेको कामको आधारमा यो अवार्ड दिइने गरिन्छ । उक्त अवार्डका लागि उलविच लेट नाइट फार्मेसी छनोट भएकोमा द कँडेल ग्रुपका म्यानेजिङ डाइरेक्टर राजन कँडेल खुसी व्यक्त गरे । उनले यो अवार्डका लागि मेहनत गर्ने फार्मेसी टिमलाई विशेष धन्यवाद दिए । कंडेल ग्रुपले चौथो फार्मेसी लण्डनमा विस्तार गरेको थियो । कंडेलले अवार्डले स्थानीय समुदायको सहयोग गर्न थप प्रोत्साहन गरेको बताए ।

कोरोना संक्रमणका बेला एनएचएसमा रहेका फार्मेसीले गरेको भूमिकालाई सबैले प्रसंसा गरेको उनको भनाई छ । द कँडेल ग्रुपले फार्मेसी सेवा नेपालमा पनि विस्तार गर्ने योजना बनाएको छ ।

उक्त अवार्डबारे उद्योग विशेषज्ञहरुको एक प्यानेलले युकेको संसदमा छलफल गरी निर्णय गरेका थिए । उक्त छलफलका प्रमुख वक्तामा कम्युनिटी फार्मेसी स्कटल्याण्डका प्रमुख कार्यकारी ह्यारी म्याकक्युलान रहेका थिए । उनले फार्मेसिष्टहरुले महामारीका बीच पनि विभिन्न चुनौतीसँग सामना गरी व्यवसायिक धर्म निभाएको भूमिकाबारे चर्चा गरेका थिए ।

अन्य प्रतिष्ठित अतिथिहरुको पनि उपस्थिति रहेको थियो । जसमध्ये एलायन्स हेल्थ केयर, जसले फार्मेसी इनोभेसन अवार्डको प्रायोजन गरेको थियो । उक्त अवार्डले फार्मेसी बिजनेशलाई थप प्रोत्साहन पुर्याउने काम गरेको छ ।

कोरोना महामारीका समयमा पनि तीन नयाँ सर्भिस (प्राइभेट कोभिड पिसिआर जाँच सर्भिस, एनएसएस होटेल क्वारेन्टाइन र एनएचएस कोभिड भ्याक्सिनेशन क्लिनिक) उपलब्ध गराएको उलविच फार्मेसीलाई निर्णायकहरुले अवार्डका लागि छनोट गरेका थिए । हालसम्म उलविच फार्मेसीले ३५ हजारभन्दा बढीलाई अष्ट्राजेनका, मोर्डना र फाइजर लगाएको छ ।

निर्णायकहरुले मुख्य रुपमा होटेल क्वारेटाइन सुविधाबारे चासो देखाएका थिए जसमा फार्मेसी, ग्रिनविच सिसिजि र स्थानीय जिपीको सहकार्यमा गरिएको प्रयास रहेको थियो । उलविच लेट नाइट फार्मेसीले उक्त कठिन समयमा पनि बिरामीहरुलाई औषधि सप्लाई गर्ने काम गरेका थियो जसमा ६ सय जना अफगानिस्तानी शरणार्थीहरु पनि रहेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal