ओएनएफ यूके साउथ इस्ट इलाका कमिटि अध्यक्षमा राममाया बिष्ट निर्वाचित

१ महिना अगाडि

डायस्पोरा नेपाल

लण्डन । प्रबासी नेपाली मंच (ओएनएफ) यूकेको दक्षिण पुर्व (साउथ इस्ट) इलाका कमिटि अध्यक्षमा राममाया बिष्ट निर्वाचित भएकी छिन् । आइतबार साउथ इस्टस्थित वीलवुचमा आइतबार सम्पन्न छैठौ अधिवेशनले बिष्टको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
साउथ इस्टमा बिष्ट पहिलो महिला अध्यक्ष हुन । यसअघि पुरुषहरु नै अध्यक्ष भएका थिए । उपाध्यक्षमा करुणा हमाल, सचिवमा जीबिका नहर्की, उपसचिवमा राजेन्द्र लम्साल तथा सदस्यहरुमा रत्ना हमाल शाही, लिलाराम सापकोटा, सन्तोष गिरी, अनिस थपलिया, नबिन भट्ट, थर्क सिंह खड्का, किरण अधिकारी र मनिषा खड्का छन । तीन जना सदस्य पछि कार्यसमितिले थप गर्नेछ । नव निर्वाचित अध्यक्ष बिष्ट लगायतको कार्यसमितिलाई ओएनएफ अन्तरराष्ट्रिय कमिटिका उपसचिव तथा अधिवेशनका प्रमुख अतिथि कर्ण शाहीले सपथ ग्रहण गराएका थिए ।
निर्वाचन समिति संयोजक केदार थपलियाले सम्पुर्ण कार्यसमिति सर्वसम्मत भएको जानकारी अधिवेशनलाई गराए । निर्वाचनका लागि संयोजक थपलिया तथा सदस्यद्वय ओएनएफ यूके उपाध्यक्ष डा मुकुन्द बास्तोला र सचिब पुण्य रेग्मी भएको समित गठन गरिएको थियो ।
यसैबीच, अध्यक्ष बिष्टले निर्वाचित भए लगत्तै सबै सँग हातेमालो गरेर अघि बढने प्रतिबद्धता जनाइन् । नवनिर्वाचित कार्यसमितिलाई ओएनएफ अन्तरराष्ट्रिय कमिटि सदस्य कल्पना त्रिपाठी, उपसचिव कर्ण शाही र ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले शुभकामना दिएका थिए ।
यसअघि, निवर्तमान अध्यक्ष अर्कराज तिमल्सिनाले विगतमा गरेका काम र आगामी दिनमा गर्न सक्ने कामका बारेमा सुझाब दिए । सचिव पंकज बजगाईले कार्य प्रगति विवरण पेश गरेका थिए । उक्त प्रतिवेदन सर्वसम्मत ढंगले पारित भएको थियो । अधिवेशनमा पुर्वअध्यक्ष दिनेश घिमिरे, ओएनएफ अन्तरराष्ट्रिय कमिटि सल्लाहकार विनोद ज्ञवाली, उपाध्यक्षद्वय डा.मुकुन्द बास्तोला, सुरेश जंग शाहलगायतको अधिवेशनमा उपस्थिति थियो ।

© 2022 All Right Reserved DiasporaNepal