एनआरएनए अध्यक्ष डा. केसी बेलायत आउदै

२ महिनाs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आइसीसी) अध्यक्ष डा बद्री केसी आगामी २४ अगष्टमा बेलायत आउने भएका छन । एनआरएन यूके अध्यक्ष हितकाजी गुरुङका अनुसार २४ अगष्ट अपरान्ह २ बजे हेथ्रो टर्मिनल ३ मा डा केसी उत्रिने छन् । डा केसीलगायत ११ औं अधिबेशनबाट निर्वाचित अन्तरराष्ट्रिय समितिका पदाधिकारीहरुको सम्मान तथा सार्वजनिक कार्यक्रममा उनले भाग लिनेछन । एनआरएनको अवस्था, गोर्खाज आन्दोलन र नेपाली नागरिकता सवालमा देखिएको अन्योलताका बारेमा केसीले एनआरएनएको धारणा राख्नेछन । एनआरएनए यूकेले २६ अगष्टमा अल्डरसटस्थित एम्पायर हलमा गर्न लागेको “सार्बजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा उनी उपस्थित हुनेछन ।
२४ अगष्ट देखिनै गैरआवासीय नेपालीहरु, गोर्खाज अभियन्ताहरु तथा यहांको नागरिक समाजका अगुवाहरुसंग अन्तरक्रियासहित भेटघाटमा व्यस्त रहने महासचिब गोबिन्द खरेलले बताए । उनकाअनुसार अध्यक्ष केसी २५ अगष्टमा नेपाली मेलामा अतिथिका रुपमा सहभागी हुनेछन् । उनले गोर्खाजहरुले छुट्टै रााउण्ड टेबल छलफल कार्यक्रम समेत आयोजना गर्न लागेको जानकारी गोर्खा टाक्सफोर्सका चेयर क्या रि. ले चन्द्र बहादुर गुरुङ ले जानकारी दिए । त्यस्तै डा केसी मिडल्याण्ड र स्कटल्याण्डमा समेत भेटघाट र अन्तरक्रियामा सहभागी हुनेछन ।

गत साता सर्वोच्चले केसी नेतृत्वको कार्यसमितिलाई काममा नरोक्न आदेश दिएपछि अध्यक्ष केसी बेलायत आउन लागेका हुन् । सहकोषाध्यक्ष कृष्ण तिम्लसेनालगायतले दायर गरेको मुद्धामा सर्वोच्चले माग बमोजिमको रिट जारी गरेको थियो। सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले निवेदकको माग बमोजिम फैसला गरेको थियो । पूर्बवत सरकारका परराष्ट्र मन्त्रि नारायणकाजी श्रेष्ठको दबाबमा सर्बोच्चको फैसलाले नबोलेको सचालनमा एक कदम अघी बढेर कामकारवाही नगर्न पत्रचार गरेपछी डा केसी नेतृत्वको समितिले त्यसलाई पालना गर्दै आएका थिए । बेलायतमा रहंदा अध्यक्ष केसीले अन्य कार्यक्रम लगायत भेटघाटलाई तिब्र बनाउने छन । स्मरण रहोस एनआरएनको जन्म बेलायतमा भएको थियो र एनसीसी यूकेको स्थापनाको लागी तत्कालीन केन्द्रीय सचिब चिरन्जिबी ढकाल लगायत हालका उपाध्यक्ष रामशरण सिम्खडाको बिषेश पहल र सकृयता रहेको थियो ।

© 2022 All Right Reserved DiasporaNepal