ओएनएफ यूकेद्वारा आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय आङ कलजंग लामाप्रति श्रद्धान्जली

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय आङ कलजंग लामाप्रति श्रद्धान्जली व्यक्त गरेको छ  ।

आइतबार ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा नर्थ ह्यारोस्थित नर्थ ह्यारो होम गार्ड क्लवमा स्वर्गीय लामाको फोटोमा माल्र्यापण गरि श्रद्धान्जली सभा आयोजना गरियो ।  श्रद्धान्जली सभामा उपस्थित महानुभावहरुले स्वर्गीय लामाले बेलायतस्थित नेपाली समाजमा पुर्याएको योगदानको उच्च मूल्यांकन गरेका थिए । पार्टी विशेषको मात्र नभई सामाजिक अभियन्ताका रुपमा रहेका लामा साझा व्यक्तित्वका रुपमा रहेको वक्ताहरुले बताए ।

एमाले पूर्व सांसद तथा केन्द्रीय सदस्य सूर्य पाठकले लामाले प्रवासी नेपाली समाजमा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै प्रवासका समस्याहरु समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरे । प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि सदस्य तथा यूके इन्चार्ज सरस्वती केसीले स्वर्गीय लामाको सरल बानी व्यवहारका कारण साझा व्यक्तिका रुपमा सबैले उनलाई लिने गरेको स्मरण गरिन् । उनले लामाले डायस्पोराको नेपाली समाजमा दिएको योगदान कहिल्यै भुल्न नसकिने बताइन् ।

ओएनएफ यूके अध्यक्ष तंगुभद्र भुसालले स्वर्गीय लामा सरल स्वभाव र  लोकतान्त्रिक आचरणका व्यक्ती भएको र  जस्तोसुकै परिस्थितिमा सबैलाई मिलाएर लैजान सक्ने नेताका रुपमा आफुले पाएको बताए । उनले स्वर्गीय लामा जस्ता व्यक्तीहरु डायस्पोराको नेपाली समाजमा अझै आवश्यक रहेकाले आफुले दैनिकरुपमा  लामालाई  सम्झिने गरेको जनाए । ओएनएफ यूकेका पूर्व अध्यक्ष भक्त गुरुङ र पूर्व अध्यक्ष सुरेन्द्र थपलियाले पनि स्वर्गीय लामाको योगदानको चर्चा गरेका थिए ।

नेकपा माओवादीमाओवादी केन्द्र पश्चिम अन्तरदेशिय प्रबास प्रदेश समिति उपसंयोजक तथा यूरोप इन्चार्ज  रण  खाती क्षेत्रिले स्वर्गीय लामा एमाले पार्टीको मात्र नभई सबैको साझा व्यक्तीको  रुपमा आफुले पाएको बताए । बेलायतस्थित नेपाली राजदुतावासकी  उपनियोग प्रमुख रोशन खनालले पनि लामा प्रति श्रद्धान्जली व्यक्त गरेकी थिइन् । त्यस्तै, प्राध्यापक कृष्ण उपाध्यायले पनि स्वर्गीय लामा प्रति श्रद्धान्जलीसहित उनको योगदानको चर्चा गरे ।

स्वर्गीय लामाकी श्रीमति माया लामासहित छोराहरु पेम्मा र कर्मा लामा श्रद्धान्जली सभामा उपस्थित थिए । परिवारका तर्फबाट बोल्दै स्वर्गीय लामाका छोरा कर्मा लामाले स्वर्गीय बुवाप्रति श्रद्धान्जली सभा आयोजना गरेकोमा ओएनएफ यूकेलाई धन्यबाद दिए ।

सचिव पुण्य रेग्मीले संचालन गरेको श्रद्धान्जली सभामा उपाध्यक्ष कृष्ण भण्डारी, संगठन विभाग प्रमुख बालकृष्ण भुसाल, बसन्त नेपाल, कैलाश नेपाल, प्रसुना कंडेल, विमला सेनेलगायतको उपस्थित रहेको थियो ।

स्वर्गीय लामाको अन्तिम इच्छा अनुसार उनले अध्ययन गरेको  श्री गर्जाढुङगा माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ । उक्त रकम स्थानीय व्यवस्थापन समिति, स्वर्गीय लामाकी धर्मपत्नी माया लामा र ओएनएफ यूकेको सहमतिमा चल्ने गरि कोष स्थापनाको कार्यविधि बनाइनेछ ।  नेपाल भ्रमणमा गएका बेला गत १४ मे २०२४ मा हृदयाघातका कारण निधन भएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal