मगर संघको ‘नेपाली ओपन कन्सर्ट’ आगामी जुन १५ मा

३ महिनाs अगाडि

बिष्णुभक्त भट्टराई


लन्डन । बेलायत मगर संघले हरेक बर्ष गर्दै आएको इभेन्टमध्येको एक ‘नेपाली ओपन कन्सर्ट’ यस वर्ष आगामी जुन १५ मा हुने भएको छ ।

आयोजक मगर संघ यूकेले आइतबार एक भर्चुअल पत्रकार सम्मेलन गरि केन्टको मेडिस्टोनस्थित ‘केन्ट इभेन्ट गार्डन’ मा कन्सर्ट आयोजना गर्न लागेको जानकारी दिएको हो ।

‘म्यूजिक फर युनिटी’ नारासहित आयोजना हुने उक्त कन्सर्टमा सहभागी हुन बेलायतस्थित सबै नेपालीहरुलाई आयोजकले आव्हान गरेको छ।

‘यो कन्सर्टलाई बेलायतवासी हामी सबै नेपालीलाई एक ठाउँमा ल्याउने र एकताको सूत्रमा बाँध्ने अवसर बनाउने हाम्रो लक्ष्य छ’, भर्चुअल पत्रकार सम्मेलनमा संघ अध्यक्ष सीता पुन मगरले भनिन् ।

कन्सर्टको प्रमुख आकर्षण चर्चित ‘मंगोलियन हार्ट’ ब्यान्डका गायक राजु लामा रहने छन्। उनी सँगै अरु गायक गायिकाहरुले पनि कन्सर्टमा प्रस्तुती दिनेछन् ।

कन्सर्टस्थलमा नेपाली खानालगायत विभिन्न व्यापारिक ४० बढी स्टल रहनेछन्।

संघले यस वर्ष कन्सर्टमा ४ हजार बढी दर्शक अपेक्षा गरेको छ भने तीन सय भन्दा बढी अतिथिहरुलाई निमन्त्रणा गरेको छ । मध्यान्ह १२ बजे शुरु हुने कन्सर्ट राती ११ बजे सकिनेछ ।

पत्रकार सम्मेलनकै क्रममा संघकी अध्यक्ष सीता पुन मगरले कन्सर्टको अनलाइन टिकट विक्री शुभारम्भ गरेकी थिइन्।

अग्रिम खरिद गर्दा कन्सर्टको टिकट शुल्क ३० पाउन्ड छ। ६५ वर्ष माथि र १२ देखि १७ वर्ष उमेरलाई भने २५ पाउण्ड छ। अनलाइनमा बिक्री हुने पहिलो १ हजार टिकट भने १० प्रतिशत छुटसहित २७ पाउन्डमा उपलब्ध गराइएको छ। कन्सर्टस्थलमा लिनेहरुलाई ४० पाउन्ड लाग्नेछ।

पत्रकार सम्मेलन महासचिव गुमानसिंह थापाले सञ्चालन गरेका थिए ।

उक्त पत्रकार सम्मेलनमा कन्सर्ट प्रमुख संयोजक होम रोकाले कार्यक्रमको हालसम्मको तयारीबारे जानकारी गराए ।

मगर संघ यूकेले सन् २००७ देखि रहेक बर्ष नेपालबाट कलाकार झिकाएर बेलायतमा ओपन कन्सर्ट गर्दै आएको छ।

© 2022 All Right Reserved DiasporaNepal