प्रवासी नेपाली अन्तरराष्ट्रिय कमिटि अध्यक्ष थापा मिसन ग्रासरुट प्रशिक्षणमा व्यस्त

११ महिनाs अगाडि

डायस्पोरा नेपाल


लण्डन । एमाले निकट प्रवासी नेपाली अन्तराष्ट्रिय कमिटिका अध्यक्ष संजय थापा मिसन ग्रासरुट कार्यक्रमसहित बेलायतमा व्यस्त छन । अध्यक्ष थापा एक साता लामो भ्रमणका लागि कार्यक्रमसहित बेलायत आएका हुन । बेलायतमा रहदा संगठनको काममा सकृय छन् । ओएनएफ युकेको समन्वय र अन्तरराष्ट्रिय कमिटिको संयोजनमा आयोजना भैरहेका कार्यक्रममा बेलायतका नेताहरुसहित उनी सहभागी छन् ।
उनी बेलायतमा रहदा स्कटल्याण्ड, मिडल्याण्ड, लण्डनका बिभिन्न मिसन ग्रासरुट कार्यक्रममा सहभागी भएर स्पेन जाने छन् । अध्यक्ष थापालाई गत बुधवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा प्रवासी नेपाली मंच बेलायत अध्यक्ष तुंगभद्र भुसाललगायतका पुर्व अध्यक्ष र कार्यसमितिका सदस्यहरुले स्वागत गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal