प्रवासी नेपाली मंच यूकेले मनायो अन्तरराष्ट्रिय नारी दिवस

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ)यूकेले बेलायतस्थित दक्षिणपुर्व प्लमस्टिडमा अन्तरराष्ट्रिय नारी दिवस कार्यक्रम मनाएको छ । १ सय १३ औं  अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो । 

विश्वभर छरिएर रहेका नेपाली नारीहरुलाई अधिकार प्राप्तिका लागि आफै अग्रसर हुनु पर्नेमा उक्त कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए । बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख रोशन खनालले दैनिक जीवनका चुनौतीहरुलाई पन्छाउदै नारी शसक्तिकरणका लागि लाग्नु पर्ने अवस्था रहेको बताइन् । प्र्रमुख अतिथि तर्फबाट बोल्दै उनले दैनिक जीवनमा आउने ठुला वा साना चुनौतीलाई सामना नगरी नारीले अधिकार प्राप्त गर्न मुस्किल पर्ने जनाइन् । आगामी बर्ष बेलायतस्थित दुतावासले पनि नारी ससक्तिकरण लागि यस्ता कार्यक्रम गर्न बिषयमा दुतावासमा छलफल चलाउने प्रतिवद्धता जनाइन् ।

ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले नारी ससक्त्तिकरण लागि आफ्नो र संस्थाको तर्फबाट सधै सहयोग रहेने प्रतिवद्धता जनाए । उनले अन्तरराष्ट्रिय नारी दिवसमा सहभागी भएका महिलाहरुको उपस्थितिले कार्यक्रम भव्य भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

प्रवासी नेपाली अन्तरराष्ट्रिय कमिटिका सदस्य कल्पना त्रिपाठीले नारी हिंसा नेपालमा मात्र नभएर बेलायतमा पनि भएको तथ्यांक प्रस्तुत गरिन् । उनले नारी हिंसाको विरुद्ध एउटै आवाजको खाचो रहेको बताइन् । अन्तरराष्ट्रिय कमिटि अर्का सदस्य सरस्वती केसीले नारी ससक्त्तिकरण र राजनीतिमा नारीको सहभागीतामा जोड दिइन् ।

ओएनएफ यूके महिला विभागको संयोजकत्वमा आयोजना भएको कार्यक्रमको अध्यक्षता सुदेशा बजगाईले गरेकी थिइन् । उक्त कार्यक्रमको संचालन भने सामाजिक अभियन्ता सरिता शर्माले गरेकी थिइन । उक्त कार्यक्रममा कविता र गायन समेत प्रस्तुत गरिएको थियो ।

यसैबिच, पहिलो चरणको औपचारिक कार्यक्रम समापनपछि नाचगानसहित रमाइलो प्रस्तुती समेत प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाइएको थियो । प्रविधिमा ओएनएफ यूकेका सदस्य केदार थपलियाले सहयोग गरेका थिए ।

उक्त कार्यक्रममा ओएनएफ अन्तरराष्ट्रिय कमिटि तथा राष्ट्रिय कमिटिका नेताहरु दिनेश घिमिरे, कर्ण शाही, विनोद ज्ञवाली, पुन्य रेग्मी, बालकृष्ण भुसाल, अर्कराज तिमल्सिना, श्याम लुईटेल, तिलक भट्टराई लगायतको विशेष उपस्थिति थियो । त्यस्तै, दक्षिण पुर्वी लण्डनका विभिन्न संघ संस्थाहरुमा नेतृत्वदावी भुमिका निर्वाह गरेका महिलाहरुको विशेष उपस्थिति थियो ।

© 2022 All Right Reserved DiasporaNepal