प्रवासी नेपाली मंच युकेद्वारा बार्षिक कार्यक्रमको तयारी

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

लण्डन । प्रबासी नेपाली मञ्च युकेले वार्षिक कार्यक्रम सार्वजनिक गर्न लागेको छ ।  प्रबास कमिटीलाई थप सकृय बनाउने गरी वार्षिक कार्यक्रम नै सार्वजनिक    गर्न लागेको हो ।  प्रवासी नेपाली मन्च  युके  अध्यक्ष तुङ भद्र भुसालको अध्यक्षतामा साउथ इस्ट लण्डनमा बसेको छैठौ पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा प्रवासी नेपाली मंच युकेका क्षेत्रिय कमिटीहरु  र बिभागीय प्रमुखहरुले बैठकमा आ आफ्नो कार्यक्रम पेश गरेको प्रचार प्रसार विभाग श्याम लुईटेलले बताए ।
यसैबिच, प्रवासी नेपाली मंच युकेले बेलायतबाट अन्तरराष्ट्रिय कमिटिमा प्रतिनिधित्व गर्ने नेताहरुलाई सम्मान गरेको छ । प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीमा प्रतिनिधित्व गर्न पुर्व बेलायत इन्चार्ज विनोद ज्ञवाली, पुर्व अध्यक्ष एबम अन्तर्राष्ट्रिय कमिटी सदस्य सुरेन्द्र थपलिया , सदस्य कल्पना त्रिपाठी , सदस्य सरस्वती केसी,  पुर्व अध्यक्ष एवंम एनआरएन आईसिसिका उपमहासचिव रामशरण सिम्खडा , पुर्ब अध्यक्ष तथा आइसीसी सदस्य दिनेश घिमिरेलगायतलाई सम्मान गरिएको थियो ।  बैठकमा प्रवासी नेपाली मंचका नेतृ तथा एनआरएन आईसीसीका सहकोषाध्यक्ष अमृता थापा (कन्चन)लाईलाई युकेमा स्वागत तथा सम्मान गरिएको थियो ।
बैठक मञ्चका सचिब पुन्य रेग्मीले संचालन गरेका थिए । 

© 2022 All Right Reserved DiasporaNepal