Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/dnepal/public_html/wp-includes/functions.php on line 6121
२०७० देखि मोटरसाइकलको कर नबुझाएकाले अहिले बुझाए छुट दिइने «   Diaspora Nepal

२०७० देखि मोटरसाइकलको कर नबुझाएकाले अहिले बुझाए छुट दिइने

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

यातायात व्यवस्था कार्यालय काठमाडौंले मोटरसाइकलको कर नबुझाएकाहरूलाई यही फागुन मसान्तसम्म कर बुझाइसक्न भनेको छ।

आर्थिक वर्ष २०७०/०७१ देखि कर बुझाउन बाँकी रहेकाहरूलाई अहिले कर बुझाएमा छुट दिइनेसमेत कार्यालयले सूचना जारी गरेर जानकारी गराएको हो।

बागमती प्रदेश आर्थिक ऐन २०७९ को दफा १८ ले आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म तोकिएबमोजिम कर तथा नवीकरणसमेत भुक्तानी नगरेका सवारी धनीले फागुन मसान्तभित्र कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ अनुसार लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था गरेको सूचनामा उल्लेख छ।

प्रयोगमा नभएका सवारी साधनहरू चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत लगतकट्टा गर्नसमेत कार्यालयले सवारी धनीहरूलाई आग्रह गरेको छ।

सवारी साधन कर नतिरेमा सरकारी बक्यौता सरह असुलउपर गरिने र त्यसका लागि स्थानीय तहहरूसँग समन्वयसमेत गरिएको कार्यालयले बताएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us