प्रधानसेनापति र बेलायती मन्त्रीबीच भेटवार्ता

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका बेलायतका प्रतिरक्षा सेवामा आबद्ध जनशक्तिसम्बन्धी मन्त्री एन्ड्र्यु मुरीसनबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उनीहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्ता भेटघाटबाट दुई देशबीच रहिआएको सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal