गोर्खाकै सन्तान तिगेलाले खोले ‘गोर्खा सोलिसिटर्स’

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । नेपाली समुदायमा पुर्व गोर्खाहरुको जनघनत्व रहेको बेलायतका गोर्खा सोलिसिटर्स लिमिटेड संचालनमा आएको छ । गत आइतबार गोर्खाको सन्तानद्वारा बेलायतमा गोर्खा सोलिसिटर्स लिमिटेडको हन्स्लो बरोका मेयर विष्णु गुरुङले औपचारिक उद्घाटन गरेपछि संचालनमा आएको हो ।
मेयर गुरुङले गोर्खा सोलिसिटर्स फर्मलाई शुभकामना दिदै नेपाली तथा गैर नेपालीहरुलाई गुणस्तरीय कानूनी सेवा प्रदान गर्ने विश्वास लिएका थिए । उनले असमान पेन्सनलगायतका गोर्खा मुद्दामा अनुभव तथा प्रसिद्धि कमाएका व्यारिष्टर राफेल जेसुरुम, व्यारिष्टर देबेन्द्र श्रेष्ठ, सोलिसिटरहरु दिपक भट्टराई, बिपिन रेग्मी र अमर गुरुङले पनि गोर्खा सोलिसिटर्स फर्मलाई सफलताको शुभकामना दिएका थिए ।
गोर्खा सोलिसिटर्स लिमिटेडको कार्यालयको औपचारिक उद्घाटन आइतबार भए पनि उक्त ल फर्मले गत मे महिना देखि नै कानुनी सेवा संचालन गरिरहेको थियो । फर्मका प्रिन्सिपल सोलिसीटर तिगेलाले कानुनी सहायता दिदै आएको जनाए ।

उक्त कार्यक्रममा कानून व्यवसायी, सोलिसिटर्स र व्यारिष्टर्स, व्यावसायी, प्राध्यापक र संघ संस्थाका प्रतिनिधिलाई गोर्खा सोलिसिटर्स लिमीटेडका डाईरेक्टर तथा प्रिन्सिपल सोलिसिटर उत्तरमान तिगेला लिम्बुले स्वागत गरे । सोलिसिटर तिगेलाले गोर्खा सोलिसिटर्स फर्मले प्रदान गर्ने सेवाहरुका बारेमा संक्षिप्त रुपमा जानकारी गराए । उनले आफ्नो फर्ममा आबद्ध टिमका सदस्यहरुको परिचय समेत गराएका थिए । सोलिसिटर्स फर्मको सम्पर्क फोन 02039300881, ईमेल: [email protected] रहेको छ ।

© 2022 All Right Reserved DiasporaNepal