बेक्सली नेपाली समाज यूकेले ल्होछार पर्व भव्यरूपमा सम्पन्न

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

बिगतका वर्षहरु जस्तै यस वर्ष पनि बेक्सली नेपाली समाज यूके ले नेपाली सांस्कृतिक पर्व ल्होछार २०२३ मिति १४ /०१/२०२३ का दिन फाल्कनवुड सामुदायिक हल मा भव्यरूपमा सम्पन्न गरेको छ ।

बेक्सली नेपाली समाज यूकेका अध्यक्ष श्री आनन्द धरेलको सभापतित्त्व र बेक्स्ली काउन्सिलका मेयर निक ओ हरे को प्रमुख आतिथ्य तथा विशेष अतिथि हरु
सांसद लुई फ्रेन्च, काउन्सिलर निगेल बेट्स को समुपस्तीथीमा विशेष कार्यक्रम को सञ्चालन महासचिव केदार थपलिया र सचिव होमनाथ ज्ञवालीले गरेका थिए ।

कार्यक्रमको सुरुवात विशेष अतिथिहरुले पानसमा दियो बालि उक्त कार्यक्रमको उद्घाटन गरी शोभा बढाईदिए । दुबै देशका राष्ट्रीय गान बाट शुरू भएको उक्त ल्होछार पर्व कार्यक्रममा उपाध्यक्ष तथा संयोजक बिंदु गुरुंगले उपस्थिति सबैलाई स्वागत गरे भने सचिब होमनाथ ज्ञवालीले आपतकालीन अबस्थामा अपनाउनुपर्ने स्वास्थ्य, सुरक्षाका मापदण्डका बारेमा जानकारी दिए ।

उक्त अवसरमा भर्खरै आजीवन सदस्यता लिएका महानुभावलाई मेयरको समुपस्थितीमा बरिष्ठ उपाध्यक्ष हरीशज्ञवाली र उपाध्यक्ष कमल गुरुंगले संयुक्तरूपमा प्रमाणपत्र प्रदान गरेका थिए । यो कार्यक्रमलाई प्रमुख अतिथि बेक्स्ली काउन्सिलका मेयर कार्यक्रमलाई सम्बोधन गर्दै बेक्सलि नेपाली समाजले आफ्नो समुदायमा गरेका यस्ता कामको प्रशंसा गरे।

अभिभावकको रूपमा कामगर्न दत्तचित्त रहेको र कुनै समस्या परे हर किसिमको सहयोग गर्न प्रतिज्ञारत रहेक़ो बताए । पहिलो चरणको औपचारिक कार्यक्रमको अन्त्य गर्दै सँस्थाका अध्यक्ष श्री आनन्द धरेलज्यूले उपस्थित सबैलाई धन्यवाद दिए । साथै आगामी दिनहरूमा पनि यस सँस्थाले समुदायको हितको लागी सबै सँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । दोस्रो चरणको सांस्कृतिक कार्यक्रम शिवराम गुरुँगले संचालन गरेका थिए ।

उक्त अवसरमा सानासाना वाहिनीहरूले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । साथै दिडिबहिनीहरूले पनि एकल तथा सामूहिक नृत्य प्रस्तुत गर्दै हलमा उपस्थित सबैलाई मनोरंजन प्रदान गरेका थिए । कार्यक्रम अर्कों आकर्षण राफल ड्र र पुरस्कार वितरणले सबैको ध्यान खिचेको थियो।

कार्यक्रमको अन्तिम चरणमा हलमा उपस्थित सबै सहभागीलाई नेपालबाट आउनु भएका बहु चर्चित राष्ट्रीय कलाकार गायक गायिका कलाकार द्वय चीज़ गुरूंग र भीमू गुरूँगले विभिन्न गीत हरु पस्किदै कम्मर मर्काई मर्काई नचाउन सफल भएका थिए ।

अन्तमा बेक्स्ली नेपाली समाज यस ल्होछार कार्यक्रमलाई सभ्य र भव्यरूपमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग बेक्सलि नेपाली समूदाय, प्रायोजक, पत्रकार, डीजे, खानपान, कलाकार, सिंगो कार्यसमिति, कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाव, फ़ोटोग्राफी तथा प्रतक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्णलाई वहाँहरूको योगदानको सम्मान र कदर गर्दै अध्यक्ष श्री आनन्द धरेलज्युले हार्दिक धन्याबाद दिदै कार्यक्रमको समापन गरेका थिए । समाचार सम्पादन: होमनाथज्ञवाली, सचिव बेक्स्ली नेपाली समाज

© 2022 All Right Reserved DiasporaNepal