बेलायतले इरानको महान्यायाधिवक्तामाथि प्रतिबन्ध

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

बेलायतले इरानको महान्यायाधिवक्तामाथि प्रतिबन्ध लगाएको छ । जासूसीको आरोपमा बेलायती नागरिक अलिरेजा अकबरीलाई शनिबार मृत्युदण्ड दिएको भन्दै बदलामा इरानका महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्टेजेरीमाथि बेलायतले प्रतिबन्ध लगाउने भएको हो । 

मोन्टेजेरीविरूद्धको बेलायती प्रतिबन्धले अलिरेजा अकबरीको मृत्युदण्डप्रतिको हाम्रो घृणा (विरोध) लाई सङ्केत गर्छ । महान्यायाधिवक्तालाई मोन्टेजेरीलाई इरानले अकबरीविरूद्धको मृत्युदण्डको घोषणाका लागि मुख्य जिम्मेवार ठहर गरेकोले उनीविरूद्ध प्रतिबन्धको घोषणा गरिएको हो ।

विदेशमन्त्री जेम्स क्लेभरलीले एक ट्वीटमा बेलायतले बर्तमान् इरानी सत्तालाई मानव अधिकार उल्लङ्घनका लागि जवाफदेही रहेको दावी गरेका छन् ।  इरानी जेलमा रहेका ६१ वर्षीय अकबरीलाई ‘भ्रष्टाचार गरेको र गुप्तचर सूचना दिएर देशको आन्तरिक तथा बाह्य सुरक्षामा क्षति पुर्याएको’ अभियोगमा फाँसी दिइएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले शनिबार जनाएको हो ।

© 2022 All Right Reserved DiasporaNepal