चीनमा एक महिनामा कोभिडका कारण झण्डै ६० हजार जनाको मृत्यु 

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

चीनमा पछिल्लो एक महिनामा कोभिड सृजित समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले यस्तो जानकारी दिएका हुन् ।  सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्तर्गतको चिकित्सा प्रशासन व्युरोका प्रमुख जियाओ याहुईले जानकारी दिए ।

उनका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य रोगका कारण भएको हो । 

सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि दिनहुँ हजारौँ जना कोभिड संक्रमित हुन थालेका छन् । 

© 2022 All Right Reserved DiasporaNepal