एनआरएन यूके च्यारिटीमा दर्ता

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लन्डन । स्थापनाको झण्डै दुई दशकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके एक च्यारिटी संस्थाका रुपमा दर्ता भएको छ । अक्टोबर १ शुक्रबार एनआरएनए युके औपचारिक रुपमा च्यारिटी संस्थाका रुपमा दर्ता भएको हो ।

एनआरएन यूकेले उपाध्यक्ष सुनिल खड्कालाई संयोजक बनाएर च्यारिटी दर्ता प्रक्रियालाई अघि बढाउन जिम्मेवारी दिएको थियो । ११९६०१३ नम्बरमा दर्ता भएको एनआरएनए युकेको तीन जना ट्रष्टि रहेका छन । संयोजकमा एनआरएनए उपाध्यक्ष खड्का, सदस्यद्वयमा पुर्व अध्यक्ष पुनम गुरुङ र पुर्व कोषाध्यक्ष तेजेन्द्र रोका छन ।
कुनै पनि संस्था च्यारिटीमा दर्ता हुनका लागि बर्षमा कम्तिमा ५ हजार आम्दानी हुनु पर्ने बेलायत सरकारको नियम छ । च्यारिटि संस्थामा बस्ने व्यक्तिहरु आर्थिक रुपमा पारदर्शि भएका हुनु पर्ने प्रावधान यहाँ रहेको छ । ‘एनआरएनए युके च्यारिटीमा दर्ता भएपछि आगामी दिनमा आर्थिक पारदर्शिता सत प्रतिशत हुन्छ,’ ट्रष्टी मध्येका एक तथा एनआरएन उपाध्यक्ष सुनिल खड्काले भने । उनका अनुसार च्यारिटिको रकम दुरुपयोग भएको ठहर भएमा ट्रष्टीहरुले कारागारको सजायसम्म भोग्नु पर्ने अवस्था आउँछ । उपाध्यक्ष खड्काले भने, एनआरएनए युके च्यारिटीमुलक कार्यहरुमा सक्रियताका साथ संलग्न रहदै आएकाले च्यारिटी संस्थाको रुपमा दर्ता गर्नुपर्ने आवश्यकता महसुस भएको हो । त्यो काम अव पुरा भएको छ ।’
बेलायत सरकारको कानुनअनुसार कोष संकलन गरेर च्यारिटीमुलक कार्य सञ्चालन गर्ने संस्था च्यारिटी संस्थाका रुपमा दर्ता गर्न जरुरी छ। च्यारिटीका रुपमा दर्ता भएका संस्थाले च्यारिटीका लागि उठाउने हरेक कोषमा सरकारले ‘गिफ्ट एड’ को रुपमा कोष थप गरिदिने व्यवस्था छ ।
च्यारिटी संस्थाको रुपमा दर्ता भइसकेपछि एनआरएन यूकेलाई च्यारिटीमुलक कार्यक्रमहरु सञ्चालन थप सहज र प्रभावकारी उपाध्यक्ष खड्काको भनाई छ ।
एनआरएन यूकेलाई च्यारिटीमा दर्ता गर्ने प्रक्रियाको सम्पुर्ण प्राविधिक जिम्मेवारी अकाउन्टेन्ट लेखनाथ घिमिरेलाई दिइएको थियो । एनआरएनए युकेमा आर्थिक पारदर्शिताका प्रश्न उठिरहेका बेला एनआरएनए युके च्यारिटिमा दर्ता हुनुलाई सकारात्मक रुपमा लिएको उपाध्यक्ष सुनिल खड्काले बताए । पुर्व अध्यक्ष योगकुमार फगामीका पालामा च्यारिटी प्रक्रिया अघि बढाए पनि भर्खरै दर्ता प्रक्रिया पुरा भएको छ ।
च्यारिटी दर्ताको प्रक्रिया ३ देखि ६ महिनासम्म पूरा हुन पर्ने भएपनि कोरोना संक्रमणका लागि झण्डै एक बर्ष लागेको हो । बेलायतस्थित धेरै नेपाली संघसंस्थाहरुले यहांको कानुनअनुसार च्यारिटीका रुपमा दर्ता नगरेर पनि कोष उठाउने र च्यारिटी कार्यक्रम सञ्चालन गर्दै आएका छन । तर पछिल्ला समय बेलायतस्थित नेपाली संघसंस्थाहरु च्यारिटीमा दर्ता भइसकेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal