अमेरिकी संसदमा ६ पटक मतदान गरे पनि सभामुख निर्वाचित हुन सकेनन्

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बुधबार ६ पटक मतदान भए पनि सभामुख चयन हुन सकेनन् ।

रिपब्लिकन नेता केभिन म्याकार्थी प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवार हुन्। मङ्गलबारदेखि बुधबारसम्म ६ पटक मतदान भए पनि उनले बहुमत ल्याउन सकेनन्।

अमेरिकामा सय वर्षमा पहिलोपटक सभामुखबिना नै सदन स्थगित गर्नुपर्ने घटना भएको हो ।

आज सातौं पटक सभामुख पदका लागि संसदमा मतदान हुँदैछ ।

सन् १९२३ पछि पहिलो पटक सभामुखको निर्वाचन भोटिङमा हुन नसकेपछि यस्तो भएको हो ।

किन जित्न सकिरहेका छैनन् म्याककार्थी

नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । म्याकार्थीलाई जित्नका लागि केही मत आवश्यक थियो ।

तर, उनले आफ्नै पार्टीमा विरोधको सामना गर्नुपरेको थियो ।

उनलाई विजयी हुन २१८ मत आवश्यक थियो । रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनीहरुको विपक्षमा परेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal