नेपाली बजारमा आयो ‘काला पत्थर’

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले उपभोक्ताको लागि नयाँ उत्पादन ल्याउन क्रममा प्रिमियम क्याटेगरीको उत्कृष्ट स्वाद र विश्व–स्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्राण्ड ‘काला पत्थर’ ल्याएको छ।

काला पत्थर एउटा ब्लेन्डेड रिसर्व ह्विस्की हो जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको कम्पनीले बताएको छ। 

कम्पनीका अनुसार यो ह्विस्कीमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ। 

वर्ल्ड अर्चर्ड फ्रुट र टफिको क्रिमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरूको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिने कम्पनीले बताएको छ। 

काला पत्थरको मजा वरफको साथ वा सिधै लिन सकिन्छ।

यस ह्विस्की घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

© 2022 All Right Reserved DiasporaNepal